जापानमा नेप्लिज ग्लोबल ग्रुपको औपचारिक

  • १८ असार २०७५, सोमबार
  • 2378 पटक पढिएको

जापानमा, ५ जना युवाहरूको अग्रसरतामा एक फरक व्यबसाय नेप्लिज ग्लोबल ग्रुपको औपचारिक सुरुवात भएको छ । जापानको नेपाली समुदायको लागी रिसाइकल , ट्रान्सपोर्टेसनलाई मुख्य क्षेत्र बनाएर सुरु गरिएको व्यबसायमा  विद्यार्थी परामर्श , विभिन्न भाषामा डकुमेण्ट ट्रान्सलेसन र जापानको सत्य तथ्य सूचना प्रवाहको लागी नेप्लिज ग्लोबल डट कम पनि संगै सुरुवात गरिएको ग्रुपका अध्यक्ष प्रकाश खड़काले जानकारी दिनु भएको छ ।

ग्रुपले जापानको नेपाली समुदायका सुचनाहरू प्रसारण गर्न प्रत्यक साताको सोमबार राती १० बजे लाईभ प्रसारण गर्ने गरि नेप्लिज ग्लोबल न्यूज अपडेट समेत सुरु गरिएको ग्रुपका प्रबन्ध निर्देशक तथा नेप्लिज ग्लोबल डट कमका प्रधानसम्पादक सन्तोष चोखालले जानकारी दिनु भएको छ । ग्रुपमा जोड़ीने गरि रेस्टुरेण्ट ,हलाल फ़ूड ,रेमित्यांस लगायतबाट पनि सेवा दिने गरि प्रक्रिया अघि बढ़ीरहेको जनाइएको छ । ग्रुपले जापानवासी नेपाली समुदायको लागी सेवाप्रदायक व्यबसायलाई मुख्य आधार क्षेत्र बनाउने समेत जनाइएको छ । पछिल्लो समय जापानमा नेपालीहरूको संख्या ज़ती बढ़दै गएको छ उती नै व्यबसायिक सम्भावनाहरू र चुनौतीहरू पनि बढ़दै गएका छन ।

औपचारिक कार्यक्रममा सभापति ग्रुपका अध्यक्ष प्रकाश खड़का , प्रमुख अतिथि वैदेशिक लगानी उच्च स्तरीय समन्वय समितिका सदस्य तथा सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका प्रमुख महेशकुमार श्रेस्ठ , अतिथि गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष सरोजकुमार खत्री , प्रो.डा.होम बहादुर रिजाल रहनु भएको थियो । कार्यक्रममा शुभकामना मंतव्य राख़्ने क्रममा जापानका एक सफल व्यबसायी , प्रमुख अतिथि समेत रहनु भएका श्रेस्ठले – सफल व्यबसायका लागी विभिन्न व्यबसायिक टिप्सहरुलाई ध्यान दिनु पर्नेमा जोड़ दिनु भएको छ । विभिन्न संघ संस्थाका अध्यक्ष-प्रतिनिधि , पत्रकार र जापानवासी नेपालीहरूको उपस्थितिमा ग्रुपको समुदघाटन कार्यक्रम सम्पन्न गरिएको छ ।