बेनीमा चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

  • ९ चैत्र २०७३, बुधबार
  • सन्तोष गौतम
  • 2517 पटक पढिएको

म्याग्दी ९ चैत । म्याग्दीको बेनीमा बुधबारदेखि चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।   काठमाडौको गंगटा युवा कल्वले आयोजना गरेको प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुनेछ् । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली विश्वकर्माले उद्घाटन गर्नुभयो ।     मन्त्री श्रीपालीले खेलकुद क्षेत्रको सुधारका लागि विकृती विसंगती र गलत प्रवृतीको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले खेलाडीलाई प्रोत्साहन र खेल पूर्वाधारमा सरकारले जोड दिएको बताउनुभयो । IMG_4528

जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन र ब्याडमिन्टन संघ म्याग्दीको सहयोगमा आयोजना गरिएको प्र्रतियोगिताको डवलतर्फ बिभागीय सहित ३२ टिमको सहभागिता रहेको छ । विभिन्न पाँच वटा बिधामा देशभरका दुई सय जना भन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कल्वका महासचिव दलप्रसाद गौचनले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगिताको डवल तर्फ बिजेताका लागि नगद एक लाख रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । पुरुष महिला, एकल, डबल, पुरुष डवल र १७ वर्ष मुनिको पुरुष समूहबीच प्रतिस्पर्धा हुनेछ् । प्रथमलाई पचास हजार देखि एक लाख, दितृयलाई २५ देखि पचास र तितृयलाई २५ देखि ५ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।

मोफसलमा खेलकुदको विकासका लागि राजधानी बाहीर पहिलो पटक सर्वाधीक पुरुस्कार राशीको प्रतियोगिता आयोजना भएको गौचनले बताउनुभयो । काठमाडौमा बसोबास गर्ने म्याग्दीका युवाहरु आवद्ध कल्वले यसअघि तिन पटक काठमाडौमा प्रतियोगिता आयोजना गरिएको थियो । म्याग्दीको खेलकुद र पर्यटन प्रर्वद्धनमा सघाउने उद्देश्यले यसपटकको प्रतियोगिता बेनीमा आयोजना गरिएको कल्वका पदाधीकारीहरुले बताएका छन् ।

कल्वका अध्यक्ष रेशम पुनको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णुकमार विश्वकर्मा र जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हिमालय कार्कीले मन्तब्य व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगायत कार्यालय प्रमुख, सुरक्षा अधिकारी, राजनितिक दल र संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

सन्तोष गौतम