धानको उत्पादन वृद्धीका लागि यान्त्रीकरणमा जोड

  • १५ असार २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • धिरन खत्री
  • 3119 पटक पढिएको

अर्मन १५ असार । “धान उत्पादनमा वृद्धी राष्ट्रको सम्बृद्धी” भन्ने नाराका साथ शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रम गरेर १५ औ धान रोपाई तथा किसान दिवस मनाइएको छ ।मंगला गाउँपालीका र अखिल नेपाल किसान महासंघले पिपलबोटको सेरफाँटमा आयोजना गरेको रोपाई दिवस समारोहमा प्रदेशसभा सदस्य बिनोद केसीले कृषिलाई यान्त्रीकरण गरी लागत घटाउन र उत्पादन बढाउन आवश्यक रहेको बताए ।

सिचाई सुबिधाको विस्तार, गुणस्तरीय मल विउको उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने बताउँदै सांसद केसीले कृषकहरुलाई ब्यवसायीक बन्न आग्रह गरे । कृषिमा प्रशस्त सम्भावना रहेको मंगला गाउँपालीकामा मुख्यमन्त्री कृषि कार्यक्रम प्रस्ताव गरिएको सांसद केसीले जानकारी दिनुभयो ।मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले मंगला गाउँपालीकाको सम्बृद्धीको आधार कृषि, पशुपालन र पर्यटन भएको बताउदै यि तिन क्षेत्रलाई प्राथमिकता दिएर योजना तथा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवालले पिपलबोट, सेराफाँट, रणवाङ, सिमलचौर, बाबियाचौरमा उत्पादन हुने गौरीया जातको धानको राम्रो बजार सम्भावना भएकाले ब्यवसायीक खेतीमा जोड दिन सुझाव दिए ।क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख रामबहादुर केसी र जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले खाने बानीमा परिवर्तन गर्नुपर्ने बताउदै माटो र हावापानी सुहाउँदो खेतीबाली लगाउनुपर्ने बताए ।

मंगला गाउँपालीका ५ का वडा अध्यक्ष भुपेन्द्र केसीको अध्यक्षता, भिमकुमारी बुढाथोकीको सञ्चालन र उपाध्यक्ष सिर्जना केसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा किसान महासंघका जिल्ला संयोजक देवबहादुर घलेले धान दिवसको महत्वको बारेमा जानकारी गराए । औपचारीक कार्यक्रमपछि सेराफाँटमा सामुहिक धान रोपाई गरिएको थियो । मध्य असार लागेसंगै म्याग्दीका कृषकहरु प्रमुख खाद्यबाली धान खेतीमा ब्यस्त भएका छन् । मुल फुट्नेगरी बर्षा नभएकाले सिचाईको समस्या भएको कृषकहरुले बताएका छन् । कृषि विकास कार्यालयले हालसम्म करिब चालीस प्रतिशत खेतमा रोपाई भएको अनुमान गरेको छ ।

तिन हजार ८९७ हेक्टरमा खेती हुने धानबालीबाट म्याग्दीमा वार्षिक १२ हजार ९८ मेट्रिक्टन उत्पादन हुन्छ । गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ ।

सन्तोष गौतम

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l