च्युरीबोटका दुई खानेपानी आयोजनामा बाढीले क्षती पु¥याएपछि स्थानीय समस्यामा

  • १३ असार २०७५, बुधबार
  • 1695 पटक पढिएको

म्याग्दी, १३ असार। म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा अबिरल बर्षासंगै आएको बाढी पहिरोले दुई वटा खानेपानी आयोजना बगाएको छ । वास परियोजना अन्र्तगत गत बर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्की सहित पाइपलाईन समेत बगाएपछि खानेपानीको समस्या भएको वडा अध्यक्ष दिलीप शेरचनले बताउनुभयो ।

बाढीले दुबै आयोजनाको मुहानलाई क्षतविक्षत बनाएको वडा अध्यक्ष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार, खानेपानी आयोजना अबरुद्ध भएपछि कालोपरामा रहेको लोसरिबाङ खानेपानी आयोजनाका १८ घरधुरी र महभिर आयोजनाका ६० घरधुरी शुद्ध खानेपानी उपभोगबाट बन्चित भएका छन् ।
दुई आयोजनाको खानेपानी अबरुद्ध हूँदा च्युरीबोटका लोसरीबाङ, सेरागाउँ, महभिर लगायतका बस्तीका बासिन्दा समसयामा परेका छन् ।

बर्षासंगै आएको बाढीले महभिरका स्थानीय टेकलाल विकको एकतले घर समेत पूर्ण रुपमा क्षती पु¥याएको वडा अध्यक्ष शेरचनले बताउनुभयो । बाढी र पहिरोले ठाउँ ठाउँमा पहिरो खसेर सडक समेत अबरुद्ध बनाएपछि स्थानीयबासीलाई आवत जावत गर्न समेत समस्या भएको छ ।