चट्याङ लागेर ओखरबोटको छापामा ६ जना घाईते

  • १२ असार २०७५, मंगलवार
  • 2789 पटक पढिएको

म्याग्दी, १२ असार ।  म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको छापामा चट्याङ लागेर ६ जना घाईते भएका छन् ।

गयराती बर्षासंगै परेको चट्याङ लागेर स्थानीय फुलसरा रसाईली, डालु घर्ति, पुर्खमायाँ घर्ति, नरमायाँ रेमी, मनसोभा छन्त्याल, सुन्तली छन्त्याल घाइते भएको र उनीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भैरहेको वडा सदस्य उदविर रसाइलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बाटो अबरुद्ध भएपछि घाइते भएकाहरुलाई ढिला गरि अस्पतालमा पु¥याईएको छ । अहिले अस्पतालमा उपचाररत घाइतेहरुको अबस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।