बेनी नगरपालिकाको भाइरल बनेको रसिदको रहस्य यस्ताे छ !

  • १२ असार २०७५, मंगलवार
  • 9466 पटक पढिएको

म्याग्दी, १२ असार । सामाजिक सञ्जाल फेसबुकमा अहिले बेनी नगरपालिकाको एउटा रसिद भाइरल बनेको छ । २०७५/०३/१० गतेका दिन नगरपालिकाले सेवाग्राही याम बहादुर खत्रीको नाममा जन्मदर्ता प्रमाणीत प्रयोजनको लागि रु १ हजार दस्तुर लिएको रसिद अहिले फेसबुकमा भाइरल बनेको हो। सो रसिदको तस्बिर सहित सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अहिले नगरपालिकाले कर लिने बाहनामा जनताको ढाड नै सेक्ने गरि शुल्क लिन थालेको, जन्ममिति प्रमाणीत शिर्षककमा नगरपालिकाले तोकिएको भन्दा बढी शुल्क लिएर अनियमिता गरेको जस्ता आरोपहरु पनि आईरहेका छन् ।

                                                                   भाइरल बनेकाे रसिद

तर खासमा अहिले भाइरल भैरहेको यो रसिदको रहस्य भने आरोप लगाए भन्दा फरक रहेको नगरपालिकाले जनाएको छ । आफ्नो बालबालिका जन्मिएको ३५ दिनभित्रै जन्मदर्ता गराएमा कुनै शुल्क नलाग्ने र सो माथिको हकमा रु ५० लाग्ने प्राबधान नगरपालिकाको छ । व्यक्तिगत घटना दर्ता सुरु हुन थालेको २०४८ देखि पछाडीका व्यक्तिहरुको जन्म दर्ता हुने भएपनि सो समय अगाडीका नागरिकहरुको हकमा भने नेपालकै प्रयोजनको लागि जन्म प्रमाणित सेवा लिनेलाई रु २५० दस्तुर लिने गरिएको नगरपालिकाले जनाएको छ ।

                                                                   नगरपालीकाले  बैदेशिक प्रयोजनकाे लागी निर्धारणा गरेकाे शुल्क
नगरपालिकाको बैठकले बैदेशिक प्रयोजनको लागि अंग्रेजी भाषामा गरिने सबै प्रकारका सिफारिसमा रु १ हजार शुल्क तोके बमोजिम फेसबुकमा फिजाइएको रसिदका सेवाग्राहीले वैदेशिक प्रयोजनको लागि उक्त सेवा लिएकाले सोही बमोजिम शुल्क लिइएको सो सेवा प्रवाह भएको वडा नम्बर ६ का अध्यक्ष कृष्ण बहादुर बानियाँले जानकारी दिनुभयो ।

     व्यक्तिगत घटना दर्ताकाे दस्तुर यस्ताे छ ।
उक्त रसिदका सेवाग्राही बेनी नगरपालिका–६ घर भई मंगलाघाट बसोबास गर्नुहुने याम बहादुर खत्रीले आफ्नो अमेरिकामा बसोबास गर्ने बहिनी ४८ बर्षकी जमुना खत्रीको अंग्रेजीमा जन्म प्रमाणितको सेवा लिए बापत नगरपालिकाले निर्धारण गरे बमोजिमको शुल्क लिइएको रहेको वडा अध्यक्ष बानियाँले बताउनुभयो।  वैदेशिक प्रयोजनको लागि सेवा लिएर जन्म दर्ताको लागि रु १ हजार शुल्क लिईयो भन्नु भ्रम फैलाउने र जनप्रतिनिधिप्रति गलत प्रचार गर्न खोज्नु गलत कार्य रहेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

                        सेवाग्राही खत्रीले  सेवा लिएकाे  प्रतिलीपी

नगरपालिकाको बैठकको निर्णय अनुसार भएको सेवा प्रवाहको बिषयलाई फेसबुकमा अतिरन्जीत गराएको प्रति कार्यालयको गम्भिर ध्यानकर्षण भएको प्रवक्ता बराईलीले बताउनुभयो । यता सामाजिक सञ्जालमा भेटिएको उक्त रसिदमा  शुल्क बुझाउनेको  सहि नहुनु, सेवा प्रवाह भएको बिवरण स्पष्ट नभएकाले समेत नगरपालिकाबाट प्रवाह हुने फितलो सेवाको आलोचना भएको छ । वडा अध्यक्ष बानियाँले कार्यालयमा सरकारले प्रयाप्त कर्मचारी पठाउन नसकेको र स्वयमसेवी रुपमा राखिएका कर्मचारीले रसिदमा विवरण पूर्ण रुपमा नराख्दा सामान्य कमजोरी भएको स्विकार गर्नुभयो ।

                                                                                     प्रबक्ताकाे ध्यानकर्षण

                          वडा अध्यक्षकाे खण्डन