अन्नपूर्णले टेलिटिचिङका लागि विद्यालयलाई स्माट टिभि वितरण (फोटोफिचर )

  • ११ असार २०७५, सोमबार
  • धिरन खत्री
  • 2323 पटक पढिएको

 

पोखरेबगर, ११ असार । म्याग्दीकाे उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकाले विद्यालयहरुलाई टेलिटिचिङ संचालनका लागि स्माट टिभि वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि स्माट टिभि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले वडा अध्यक्ष तथा विद्यालयका प्रअलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आयोजना, नेपाल शिक्षक संगठन अन्नपुर्ण गाउँपालिकाको कार्यसमितिको सह–आयोजनामा पोखरेवगरमा सोमबार भएको कार्यक्रममा माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि स्माट टिभि तथा आईसिटि सामाग्री वितरण गरिएको हो ।

गाउँपालिकाको आर्थिक सहयोग, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको प्राविधिक सहयोगमा गाउँपालिका स्तरीय शिक्षक महासंघ कार्यसमितिकाको समन्वयमा १० वटा मावि तहका विद्यालयमा उच्च गतिको इन्टरनेट जडान गरि स्मार्ट टिभि मार्फत टेलिटिचिङ सुरु गर्न लागि तयारी तिव्र पारिएको छ ।
गाउँपालिका अध्यक्ष पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संगठन अन्नपुर्ण गाउँपालिका कार्यसमितिका अध्यक्ष रमन पुनले आगामी साउन भित्रै विद्यालयमा टेलिटिचिङलाई सुरु गर्नका लागि स्माट टिभि वितरण तथा प्राविधिक जडानको काम भएको बताउदै हरेक विद्यालयले प्रविधियुक्त कक्षाकोठाको व्यवस्थापन, विद्यालयमा रहेको जनशक्ति परिचालन गरि टेलिटिचिङ प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

?

विद्यालयमा विज्ञान, गणित र अँग्रेजी बिषयका शिक्षकहरु अभाब भैरहने र विद्यार्थीहरुको नियमित पठनपाठनमा नै समस्या आउने गरेको सन्दर्भमा टेलिटिचिङ उपयोगी हुन संयोजक पुनले बताए ।
टेलिटिचिङको सुरुवातका लागि चालु आर्थिक बर्षमै गाउँपालिकाले रु १० लाख रुपैयाँ बजेट विनीयोजन गरेको थियो । भने गाउँपालिका अध्यक्ष पुनको सक्रियतामा ५ लाख ५० हजार सहयोग जुटेको थियो । गाउँपालिका अध्यक्ष क्यापटेन पुनले शिक्षाको क्षेत्रमा यो प्रविधि प्रयोग भएमा गाउँपालिका तथा देशका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनका लागि आगामी आर्थिक बर्षको बजेटमा समेत शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकता दिदैे निति तथा बजेट निर्माणमा प्राथमिकता राखेको बताए ।

?

गाउँपालिका उपाध्यक्ष केशमाया मगर, सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामी, आर्दश माविका प्रअ कुमार गर्वुजाले प्राविधिक शिक्षाका ेमहत्व, भईरहेको गतिविधीबारे जानकारी गराएका थिए । भने वडा अध्यक्ष, विद्यालयका प्रअ उपस्थित रहेको कार्यक्रमको संचालन प्रशासकिय अधिकृत अच्यूत दाहालले गरेका थिए ।

?
?
?
?
?

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l