फुल्दै गरेको प्रेम

  • ९ असार २०७५, शनिबार
  • 4321 पटक पढिएको


एकान्तमा एक्लै बसि तिम्रो सौन्दर्यतामा
फुलबुट्टा भर्दै साझँमा बलेको धिप धिप टुकिमा
कोरिएको कालो धुवाँ मै
लत्पतिएर हराएको तिम्रो तस्बिर
जुन मैले मेहनतले तयार पारेको थिए
जहाँ मेरो बिचार एकलौटी राज्य निर्माण भएको थियो ।

हजारौ शब्दभित्रको अनमोल ‘प्रेम’ भाबले
तिमी त सधै मुस्कानको खेतिमा ब्यस्त थियौ
प्रकृतिको सौन्दर्यतामा नाचेकी डाफेजस्तै
बनजंगलमा रातम्य फुलेका लालीगुराँसमा
नशालु आखाँ नजिक गाला खुम्चाउदाँ
डिम्पलको बुट्टामा आहाँ हिमाल मुस्कुराउदाँ
तिम्रा दन्त लहरले उदाएको सुनौलो बिहानी
केशको साम्राज्यमा पोखिएका थिए ।

जन्मेका थिए शष्ट्राहरु यौवनको झरनामा
तिमिले पत्तै नपाई तिम्रा नैन तालमा
तंरग फैलाउदै
डुबुल्की मार्थे म ।
अग्ला अग्ला टाकुराको साघुरो गोरेटोमा
च्याप तिमिले मेरो हात समाउँदा
मेरो मुटुमा आतङ्क फैलिन्थ्यो
तिमिले कम्बरमा बोकेको घैलाको पानी
छछल्किएर पोखिदा चुर्लुम्म डुब्थ्यो गैरी खेत
जहाँ मेरा चोर आँखाले रोपाई गर्न भ्याउथ्यो

चौबन्दिको तुना फुस्के पछि नै हो
फुलको स्वादमा यो मन रम्न थालेको
मैलाई हेरेर जब लज्जावती झै मुस्कुरायौ
तिम्रै बयान गर्दै तिम्रो तस्बिर कोर्दा
स्वर्गका परिहरुले लुकिलुकी हेर्छन ।

देवताहरुको राजाले हामिलाई आमन्त्रण गर्नेछन्
तिम्रो र मेरो प्रेम कहानीको रचना यसरी हुनेछ
जहाँ मुना मदनले रचेको इतिहास भन्दा
कैयौं गुणा अटल प्रेम भाव देखिनेछ ।
त्यो प्रेमको रंगमञ्चमा शिव र पार्वति प्रफुल्ल हुन्थे
मुनामदनको नया ईतिहास रच्थ्यो सिर्पालीले

चित्रकार :अमृत सिर्पालीको प्रस्तुती
रघुगंगा गाउँपालिका ३ राखुपिप्ले, हाल बेनी असार ९ गते ।