कतार दोस्रो मगर भुम्या महोत्सव सम्पन्न

  • ९ असार २०७५, शनिबार
  • 3225 पटक पढिएको

बिजय कुमार मगर , दोहा कतार । यहि मिति २०१८ जुन १७ तारिख आइतबारको दिन मगरहरुको महान चाड भुम्या पर्वको अवसर पारेर “मृगौला पीडितहरुको लागि सहयोगार्थ” भन्ने नाराका साथ नेपाल मगर संघ, शाखा कतारले संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देव राज राई को प्रमुख आतिथ्यमा दोहा फिलिफिन मार्केटमा अवस्थित गल्फ होराइजन होटेलमा “दोस्रो मगर भुम्या महोत्सव-२०१८” कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बिशेश अतिथिहरुमा नेपाल मगर संघ, शाखा कतारका लागि १८/१९का सास्कृतिक बाङ ( राजा ) केशव थापा मगर, मगर संघ कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, एन.आर.एन.ए ( एन.सि.सि ) कतारका उपाध्यक्ष तेज कटुवाल , आदिवासी जनजाती महासंघ कतारमा आवद्ध मातृ संस्थाहरु ,र कतारमा रहेका विभिन्न बैचारिक संस्थाहरु रहेका थिए भने अतिथिहरुमा नेपाल मगर संघ, शाखा कतारको सल्लाहकारहरु कतारमा स्थापित विभिन्न जिल्लावासी संस्था, जतिय संस्था, सास्कृतिक संस्था र कलाकेन्द्र , समाजसेवी, बुद्धिजिवि, ब्यबसायी, पत्रकार, मानर्थ सदस्य टेक रसाइली र मगर संघ कतारको मातहतमा रहेका एरिया समिती र बिभागहरु रहेका थिए ।

कार्यक्रमको सभापति बाट भुम्या पुजा गरेर सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथी, बिशेश अतिथी, र अतिथि द्वारा ब्यानर अनावरण र दिप प्रज्जलन गरेर सुरु गरिएको कार्यक्रममा नेपालको राष्ट्रिय गान गाउनुका साथै नेपालका प्रथम सहिद क्या. लखन थापा मगर र अन्य ज्ञात अज्ञात सहिदहरु प्रती सम्मान स्वरुप १ मिनेटको मौनधारण गरिएको थियो । भने कार्यक्रममा उपस्थित सम्पुर्णलाई मगर संघ कतारका प्रथम उपाध्यक्ष अभिमत पून मगरले स्वागत मन्तव्य राखेर स्वागत गर्नु भयो साथै भुम्या पर्व र कार्यक्रमको बारेमा कार्यक्रमको संयोजक प्रकाश रोका मगरले जानकारी गराउनु भएको थियो। औपचारिक कार्यक्रम संचालन संघका महासचिव बिजय मगर र साँस्कृतिक कार्यक्रमको संचालन डि एन मगर र आशा थापा मगरले गर्नु भएको थियो ।कार्यक्रममा मगर तथा गैरमगर कतारमा रहनु भएका नेपालीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

कार्यक्रममा जिल्लावासी संस्थाहरुको तर्फबाट चितवन युवा समाजका का.वा अध्यक्ष लाल भट्ट, आदिवासी जनजाति मातृसंस्थाहरुको तर्फबाट तमु ( गुरुङ ) सेवा समाजका अध्यक्ष भाइ काजि गुरुङ, सम्पुर्ण बैचारिक संस्थाहरुको तर्फबाट नेपाल प्रवासी मंच कतारका तर्फबाट का.वा महासचिव प्रभात त्रिपाठी , कतारमा स्थापित सम्पुर्ण संघ संस्थाहरुको तर्फबाट एन.आर.एन.ए ( एन.सि.सि ) कतारका उपाध्यक्ष तेज कटुवाल, र सम्पुर्ण मगर संघ कतारको प्रतिनिधित्व गर्दै मगर संघ कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको नेपाल मगर साँस्कृतिक परिवार कतारको कलाकारहरु बाट मगरहरु को साँस्कृती बोकेको भुम्या , कौराह ,झ्याउरे, चुडका , मारुनी , सालैजो ,कमेडी मोडन नृत्यहरु प्रस्तुत गरेका थिए । भने तारा थापा मगर, सोम थापा मगर , राम सारु मगर,सरण पुन मगर ,बद्री पाण्डे , किरण वाक पुन मगरले सालैजो, कौराह, लोक र पप गितहरु गायर उपस्तिथि सम्पुर्ण को मन जितेका थिए । कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष देव राज राईले शुभकामना मन्तव्य राख्नु हुँदै दोस्रो मगर भुम्या महोत्सव कार्यक्रम सफल रहेको भन्दै अव हामिले हाम्रो सस्कृतीलाई मात्र होइन हाम्रो पहिचान लाई पनि अघि बढाउनु पर्ने जानकारी गर्नु हुँदै शिक्षामा जोड गर्नु पार्ने कुरामा उहाँले मन्तव्य राख्नु भयो। अन्तमा बोल्नु हुँदै कार्यक्रमका सभापति तथा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरले मगर संघ कतारले आफ्नो सँस्कृती र पहिचान लाई सधै जोगाउन र अघि बढाउने भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरु साथै कार्यक्रममा उपस्तिथ सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रमलाई समापन गर्नु भयो ।