कर्मचारी र जनप्रतीनिधि मिलेर काम गरे मात्रै राज्यको संम्रचना सफल हुन्छ : मन्त्री थापा

  • ९ असार २०७५, शनिबार
  • सन्दिप शर्मा
  • 1766 पटक पढिएको

म्याग्दी, ८ असार । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले कर्मचारी र जनप्रतीनिधी मिलेर काम गरे मात्रै राज्यको संरचना सफल हुने बताउनु भएको छ । शुक्रबार जिल्ला प्रसाशन कार्यलय म्याग्दीको सदरमुकाम बेनि बजारमा रहेको कार्यलय प्रमुखहरु सँग भेटघाट गर्दै मन्त्रि थापाले राज्यमा अहिले तिन तहको संरचनामा रहेको र तिनै तहलाई सफल बनाउन कर्मचारी र जनप्रतिनिधि मिल्न प्रर्ने बताउनुभयो ।

मन्त्री थापाले वर्तमान सरकारले विकास विकासको पक्षमा रहेको बताउँदै उहाँले कर्मचारीले सरकारलाई सकरात्मक रुपमा सहयोग गर्न अनुरोध गर्नु भयो । उहाँले स्थानियतहमा जनप्रतिनिधि र कर्मचारी मिलेर सेवा प्रवाह राम्रो दिनु पर्ने र केही समस्या छन् भने छलफल मार्फत सुल्झाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लाको शान्ति, सुरक्षा तथा विकासका बारेमा मन्त्रि थापालाई जानाकारी गराउनु भएको थियो ।

सन्दिप शर्मा