पोखरेबगरमा नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

  • ९ असार २०७५, शनिबार
  • सन्तोष गौतम, कमल खत्री
  • 1613 पटक पढिएको

पोखरेबगर, ८ असार । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टी एकताको सन्देश कार्यकर्ता तहसम्म पु¥याउने, अन्तरघुलन र एकतालाई बलीया बनाउने, निती तथा कार्यक्रम र योजना जानकारी गराउने, कार्यकर्ताको गुनासो, सुझाव संकलन तथा स्थानीय तहका जनप्रतिनिधिहरुको कामलाई प्रभावकारी बनाउन सघाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापाले चुनावमा जनतासामु गरेको प्रतिवद्धता अनुसार पार्टी एकता भएको जानकारी गराउदै राजनितिक स्थिरतालाई विकास र सम्बृद्धीको अभियानमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाली जनताको जिवनस्तरमा सुधार गरी सम्बृद्ध मुलुक निर्माण गर्ने पार्टी र वर्तमान सरकारको प्राथमिकता भएको बताउँदै अनियमितता, बेतिथी, भ्रष्ट्राचारका विरुद्ध सक्रिय भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेकपाका नेताहरु गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ, जिसस प्रमुख देवेन्द्र केसी, कुलबिर राम्जालीले प्रशिक्षणात्मक मन्तब्य व्यक्त गर्नुभएको थियो । पूर्णबहादुर पाईजाको अध्यक्षता, खड्ग गिरीको सञ्चालन र वुद्धी पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालीकाका ८ वटै वडाका अगुवा कार्यकर्ता र जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
नेकपाले धौलागिरी, मालीका, मंगला, रघुगंगा गाउँपालीका र बेनी नगरपालीकामा यसअघिनै अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरीसकेको छ ।

सन्तोष गौतम, कमल खत्री