दोबामा दिवंगत आफन्तको स्मृतीमा पदमार्ग र प्रतिक्षालय निर्माण (फाेटाे फिचर)

  • ८ असार २०७५, शुक्रबार
  • 4184 पटक पढिएको

दोवा ८ असार । अन्नपूर्ण गाउँपालीका १ दोवामा एक व्यक्तिले दिवंगत आफन्तको स्मृतीमा पदमार्ग र प्रतिक्षालय निर्माण गर्नुभएको छ ।दोवा घर भई हाल बेलायत बस्दै आउनुभएका मेजर दलबहादुर पुर्जाले करिब तिन लाख रुपैया लगानीमा दोवा जिपपार्कमा प्रतिक्षालय र त्यहाँदेखि एक सय मिटर पक्कि पदमार्ग निर्माण गर्नुभएको हो ।

बेलायती गोर्खा सैनीकका सेवा निवृत्त दलबहादुर र उहाँकी श्रीमती महामती पुर्जाले दुई लाख ६८ हजार ७०० रुपैया लगानीमा पदमार्ग र प्रतिक्षालय बनाईदिनुभएको वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले जानकारी दिनुभयो ।

सिमेन्ट र ढुंगाको प्रयोग गरेर बनाइएको पदमार्गको डिलतर्फ फलामको रेलीङ राखिएको छ । भिरको बाटोमा पदमार्ग बनेपछि जिपपार्कदेखि दोवा गाउँमा आवत जावत गर्न स्थानीय बासिन्दालाई सुबिधा पुगेको छ । पुर्जाले कैलाश मावि दोवामा समेत दुई लाख रुपैयाको अक्षयकोष स्थापना गरेर उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनुभएको छ ।