ब्रेन ट्युमर पिडित कार्कीको उपचारमा करिब १० लाख सहयोग जुट्यो

  • ७ असार २०७५, बिहीबार
  • 2746 पटक पढिएको

म्याग्दी, ७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमर पिडित याम बहादुर कार्कीको उपचारार्थ विभिन्न देशमा रहेका राखुबासीहरुले करिब रू १० लाख सहयोग जुटाएका छन् । उनको उपचारको लागि राखु समाज जापानले रु ६७ हजार १५५ सहयोग गरेको छ । समाजका अध्यक्ष तारा कार्कीको संयोजकत्वमा संकलन गरिएको उक्त सहयोग रकम पिडित कार्कीको परिवारलाई उपलब्ध गराईएको छ ।

अभियान अन्र्तगत विभिन्न मुलुकमा रहेका राखुबासीहरुको पहलमा आर्थिक संकलन गरि उक्त सहयोग प्राप्त भएको समन्वयकर्ता निरोज कार्कीले बताउनुभयो । उहाँका अनुसार, कार्कीको उपचारको लागि पोर्तुगलबाट रु २ लाख ५८ हजार ५०३, दक्षिण कोरियाबाट रु १ लाख ८० हजार, कुबेतबाट रु १ लाख ४० हजार ५०३, बेल्जीयमबाट रु १ लाख, कतारबाट ७८ हजार ३६, युकेबाट ७६ हजार ३०७ , जापानबाट ६७ हजार १५५ युएइबाट ४७ हजार ३ ६६ सहयोग जुटाईएको छ ।

उनको उपचारको लागि स्वदेश तथा अन्य विभिन्न ठाउँहरुबाट समेत व्यक्तिगत रुपमा सहयोग जुटेको समन्वयकर्ता कार्कीले बताउनुभयो । कार्कीको अहिले सल्यक्रिया पश्चात सामान्य अबस्थामा आइसकेका छन् । कार्कीको उपचारमा लाखौँ खर्च लाग्ने र घरपरिवारको आर्थिक व्यभार कम गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटेको भन्दै सहयोग दाताहरुलाई कार्कीको घरपरिवारले आभार व्यक्त समेत गरेका छन् ।