विभेद न्युनीकरणका लागि शिक्षा र सचेतनामा जोड

  • ८ चैत्र २०७३, मंगलवार
  • 1867 पटक पढिएको

बेनी ८ चैत । सरोकारवालाहरुले जातीय विभेदको समस्या न्युनीकरणका लागि शिक्षा र सचेतनामा जोड दिएका छन् ।     जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार संयुक्त दलीत संघर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागिले संबिधान र कानुनले प्रतिबन्ध लगाएको जातिय बिभेदको ब्यवहारीक अन्त्य गर्नुपर्नेमा जोड दिए ।

IMG_4474

सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले जात, पेशा, धर्म, लिङ्ग, वर्गको आधारमा गरिने बिभेद दण्डनीय भएको सन्देश घरघरमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले जातीय बिभेदको ब्यवहारीक अन्त्यका लागि चेतना, संस्कृती र परम्परामा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

प्रहरी निरिक्षक दामोदर घिमीरेले जातीय बिभेद भएमा कानुनी उपचारका लागि प्रहरीले न्याय दिलाउन सहयोग गर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले अधिकारको प्रयोगसंगै दायीत्व पुरा गनै सबै पक्ष सेचत र संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।

समितिका अध्यक्ष छवी विश्वकर्माको अध्यक्षता, बलबहादुर विश्वकर्माको सञ्चालन र थमन घिमीरे विश्वकर्माको स्वागतमा सम्पन्न भएको कार्यक्रममा सहभागिले गैरदलितसंग बिवाह गरेकी महिलाबाट जन्मिएका बालबालीकाले नागरीकता पाउन नसकेकोप्रती ध्यानाकर्षण गराएका थिए ।

याम किसान र छवी विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा जिल्ला दलित वर्ग समन्वय समितिका उपाध्यक्ष बालकुमार लामिछाने, पुर्व अध्यक्षहरु गब्य परियार, रुद्र किसानले समेत मन्तब्य व्यक्त गर्नुभएको थियो ।