विश्व योग दिवसमा बेनीमा प्रभातफेरी

  • ७ असार २०७५, बिहीबार
  • 1426 पटक पढिएको

असार, ७ गते । चौथो विश्व योग दिवसका अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा प्रभातफेरी निकालिएको छ। नवीन आनन्द योग केन्द्र म्याग्दीले प्रभातफेरी कार्यक्रम गरेको हो । प्रभातफेरिमा बेनी र सिङ्गाका योगापारखीहरु,उद्योगी व्यवसायी,योग शिक्षक तथा अन्य योग साधकहरुले सहभागिता जनाएका थिए।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो ।

बेनीको क्याम्पस चोकबाट सुरु भएका प्रभातफेरी हस्पीटलचोक,गणेशटोल,वैंकरोड,विरेन्द्र चोक हुँदै न्यूरोड भएर क्याम्पसचोकमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर केसी र प्रहरी नायब उपरिक्षक विर वहादुर वुढाथोकीले नियमित योग गर्नेहरु स्वस्थ्य हुने हुँदा योगलाई सवैले आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

योगको नियमित अध्यासबाट स्वास्थ्य राम्रो,कार्यक्षमतामा वृद्धि,चिन्तामुक्त,मानसिक शान्ति,रोग प्रतिरोधी क्षमतामा बढोत्तरी,शरीर,मन र आत्मबीच समन्वय,सकरात्मक सोचको विकास,अनावश्यक विचारबाट मुक्ति,उर्जा प्राप्ति,आत्म ज्ञान प्राप्ति लगायतको सकरात्मक गुणको विकास हुने नवीन योग केन्द्र म्याग्दीका अध्यक्ष टिकावहादुर जुग्जाली(नविन) ले बताउनुभयो । केन्द्रका अध्यक्ष जुग्जालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य हरिप्रसाद पौडेलले गर्नुभएको थियो । बेनीमा व्यवस्थित रुपबाट योग सञ्चालन गर्नका लागि बेनी नगरपालिका लगायतका निकायहरुलाई भवन बनाउनका लागि जग्गा उपलब्ध गराउन अनुरोध गरिएको सदस्य पौडेलले बताउनुभयो ।

-विकल्प न्यूज÷बेनी