जापानमा भलिबल प्रतियोगिता आयोजना

  • ६ असार २०७५, बुधबार
  • 3007 पटक पढिएको

म्याग्दी, ६ असार । नेपाल विद्यार्थी युनीयन नागोया जापानमा रहेका विद्यार्थीहरुले भलिबल प्रतियोगिता आयोजना गरेका छन् । गर्मी विदाको अवसमरा आगामी अगष्ट १४ तारीखको दिन आयोजना गरिएको प्रतियोगितामा सहभागीताको लागि जापानमा रहेका नेपाली संघसंस्थाहरुलाई पत्राचार गरिएको नेपाल विद्यार्थी युनियन नागोयाले जनाएको छ ।

दोस्रो रनिङ कप प्रतियोगिताको रुपमा आयोजित प्रतियोगितामा बिजेतालाई जापानी २ लाख ५० हजार र उपबिजेतालाई १ लाख ५० हजार पुरस्कार रहेको त्यहाँबाट बिमल बुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, सटर, ब्लकर लगायतका बिधामा समेत खेलाडीहरुलाई पुरस्कृत गरिनेछ ।