म्याग्देली मोडल भण्डारी आए फेरी अर्को म्युजिक भिडियो लिएर (भिडियाे सहित)

  • ५ असार २०७५, मंगलवार
  • 5137 पटक पढिएको

म्याग्दी, ५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका – ३ मुना फलियागाउँका किसान भण्डारी पुन अर्को म्युजिक भिडियो लिएर आएका छन् । भर्खरै मात्रै म्युजिक भिडियोमा मोडलिङमा प्रवेश गरेका भण्डारीले चर्चित गायक प्रमोद खरेलको ‘एक्लै एक्लै’ बोलको आधुनिक गितमा समेत मोडलिङ गरेका हुन् ।

भण्डारीले चर्चित गायक राजेश पायल राइको ‘कति पल्ट तिम्रो बारे’ बोलको गितको म्युजिक भिडियोमा अभिनय गरि मोडलिङ क्षेत्रमा डब्यु गरेका थिए । पहिलो म्युजिक भिडियोमै भण्डारीको अभिनयको प्रसंसा भएको थियो ।

भण्डारीले मोडलिङ गरेको दोस्रो गित ‘एक्लै एक्लै’ मा दिपक आचार्यको लय, दिलीप गुरुङको संगीत, देवेन्द्र नेवाको एरेन्ज रहेको छ । सो म्युजिक भिडियोमा लामा भाइले छायांकन र जोन राईले निर्देशन गरेका छन भने म्याग्देली मोडल भण्डारी संगै आरुसी मगरको समेत अभिनय रहेको छ । मायाँप्रेम संग सम्बन्धि उक्त गितको म्युजिक भिडियोलाई यूटुवबाट सार्वजनिक गरिएको छ ।