विश्वकपको पहिलो रातो कार्ड पाउने खेलाडी बने सान्चेज, इतिहासकै दोस्रो चाँडो

  • ५ असार २०७५, मंगलवार
  • 1957 पटक पढिएको

काठमाडौँ । कोलम्बियाका मिडफिल्डर कार्लोस सान्चेज मोरेनो सन् २०१८ को विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् ।

जापानविरुद्धको खेलमा सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि सान्चेजले रातोकार्ड पाएका हुन् ।

उनले खेल शुरु भएको १७२ सेकेण्डमा नै रातो कार्ड पाए ।

सन् १९८६ को विश्वकपमा उरुग्वेका जोसे अल्बेर्टो बटिस्टापछि उनले सबैभन्दा चाँडो रातो कार्ड पाएका हुन् ।

बटिस्टाले स्कटल्याण्डविरुद्ध ५४ सेकेण्डमा नै रातोकार्ड पाएका थिए ।

एजेन्सी