धुले मेलाको उपाधीमा आरवाङको बर्चश्व

  • ४ असार २०७५, सोमबार
  • केपी सापकोटा
  • 1495 पटक पढिएको

बरंजा, ४ असार । मंगला गाउँपालीका ३ र ४ मा बसोबास गर्ने ५२ कुरीया राम्जाली, बझाङे, घर्ती, बुढाथोकी, पुन मगर समुदायको परम्परागत धुले मेलाको अवसरमा आयोजित खेलकुद प्रतियोगिता सोमबार सकिएको छ ।

जेठ २६ गतेदेखि सुरु भएको १७ समूह सहभागी पुरुष भलिबल प्रतियोगितामा मंगला ३ आरवाङ प्रथम र बुकेनी दितृय हुदै मेडल, खादा र प्रमाणपत्र सहित क्रमश पचास हजार र पच्चिस हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।

६ समूह सहभागी ३५ वर्ष भन्दा बढी उमेरका प्रौढहरुको भलिबलमा आरवाङ प्रथम र आयोजक धुले मेला आयोजक समिति दितृय हुदै पन्ध्र हजार र आठ हजार रुपैया पुरस्कार जितेका छन् । ८ समूह सहभागी महिला भलिबल प्रतियोगितामा अर्मन प्रथम र आयोजक दितृय हुदै क्रमश १५ हजार र आठ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।

तरा खेलमा तमु सेवा समाज थामडाँडा प्रथम र आयोजक समूह दितृय हुदै बिस हजार र दश हजार रुपैया पुरस्कार जितेका खेलकुद अध्यक्ष गणेश घर्तीले बताउनुभयो । स्थानीय खेल प्रतिभाको पहिचान गरी जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा पुराउ¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कल्वका अध्यक्ष रनबहादुर रोकाले बताउनुभयो ।

केपी सापकोटा