लगानी विनाको आम्दानी

  • ४ असार २०७५, सोमबार
  • 2789 पटक पढिएको


असार ४ गते । म्याग्दी जिल्लाको उत्तरी भेग अन्नपूर्ण गाउँपालिकाको वडा नम्वर १ दाना गाउँ पर्छ । यस गाउँको वरिपरि खेती योग्य फाँटहरु छन् । बन जंगलहरु पनि प्रशस्त छन् । लेखमा पनि गाई भैँसी भेडाहरु बस्ने चर्ने विभिन्न नामका खर्गहरु छन् । ब्यासीमा पनि बस्तीहरु छन् । आजभोली अन्य बस्तीहरु थपिदै छन् ब्यासीमा खेतीपाती राम्रो हुन्छ । मकै, कोदो, सिमि, बदाम, फलफूलहरु प्रशस्तै हुन्छन् । यसरी सुन्तला केरा, सिमि, बदाम, मकै जस्ता अन्न बाली बेचेर प्रशस्तै नगद हात पार्दछन् । यी त भए परिश्रम, मल, जल, लगानी गरेर लगानी अनुसारको नगद आम्दानी ।

तर यहाँ दोवाको अर्को आम्दानी थपिएको छ । ‘लगानी विनाको आम्दानी’ त्यो हो निगोरोे ( निउरो ) बेचेर गरिने नगद आम्दानी । निउरो टिपेर बेच्ने टोली घर धेरै छन् । किन नाम तोकेर लेख्ने २०७४ सालमा एउटा घरले मात्र रु १ लाख १० हजार सम्मको निउरो बचेर नगद आम्दानी गरेको कुरा खुल्न आएको छ । अन्य सबै निउरो टिपेर बेच्ने घर वा टोलीहरुको निश्चित नभएपनि निउरो ढुवानी गर्ने डाईभरको भनाईअनुसार र अरु घरहरुको अनुमानित आम्दानीसंग करिव साढे ६ लाख, ७ लाख नगद आम्दानी भएको कुरा बताएका छन् ।

गत बर्ष २०७४ सालमा दोवाको निउरो बेनीबजारमा खपत हुन नसकेर बागलुङ बजारमा समेत पु¥याईएको खवर छ । साथै बेनीबासीले दोवाको निउरो मिठो हुन्छ भनि मनपराएको कुरा पनि थाहा भएको छ । चैत बैशाख र जेठ महिनामा लुते र पातले नामक निउरो टिपेर बेच्छन् । भने असार महिनाको आधाबाट डौउरे नाम गरेको निउरो टिपेर बेच्ने गर्दछन् । डौउरे निउरो त खेतबारी खोल्साखोल्सी, खोला छेउमा टिप्छन् । तर पातले निउरो दोबा गाउँको केही पर मह काट्ने छहरा भन्ने पानीको तिन ओटा लस्करै पानीको छहरा छन् । सबभन्दा पुछारको छहरा छेउमा बर्षेनी मह बस्ने भएकोले मह झिक्ने, काट्ने गर्दछन् ।

त्यसै मह काट्ने छहराको दायाँ पट्टि महभिर भन्ने खर्क गाईभैसी बस्ने ठाउँ छ । त्यसैको तल त्यही खोलाको छेउतिर बढी निउरो पाईने भएकाले मानिसहरु ढोकाहरु लिएर टिप्न जान्छन् र निउरो टिप्छन । गलेवाङ बारकुली भित्ता, बरालखर्क घासँकुच्चे आदाी ठाउँहरुमा पनि निउरो हुन्छ र टिप्ने गर्छन । यस बर्ष २०७५ सालमा पनि धमाधम निउरो गाडीबाट बेनी पठाउने काम भईरहेको छ । दोवाको बलेरो गाडीले प्रत्येक दिन भनेपछि निउरो बोकेर बेनी ल्याएको हुन्छ । कति टोली वा घर छन् निउरो टिपेर बेच्ने । यस बर्ष २०७५ सालमा पनि बैशाखबाट सुरु गरेको देखिन्छ । विना लगानीको यो आम्दानी निउरो दोबाको ।

लेखकः दोवाबासी पदमबहादुर पुर्जा ‘पीडित’ ।