जनआवाज अाधारभुत विद्यालयमा पुरस्कार वितरण

  • ४ असार २०७५, सोमबार
  • 2449 पटक पढिएको


म्याग्दी, ४ असार । म्याग्दीको मंगला गाउँपालिका–१ पुर्णगाउँमा रहेको जनआवाज आधारभूत विद्यालयले २३ औँ अभिभावक दिवसको अवसरमा छात्रवृति वितरण तथा चन्दादातालाइ सम्मान कार्यक्रम गरेको छ ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितमान गौचनको अध्यतामा भएको कार्यक्रममा २०७४ सालको बार्षिक परिक्षामा उतकृष्ठ भएका विद्यार्थीलाई पुरष्कार वितरण एवम् दलित तथा जेहन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरू, दुर्गा गर्वुजा हाल युके ६० हजार, खगेन्द्र रोका हाल युके ४० हजार, हरी राम्जाली हाल अस्टेलिया २५ हजार एकसय, जीवनकुमार विश्वकर्मा बेनी ३० हजार, रुपेश राम्जाली स्पेन २५ हजार, स्वर्गिय कुलप्रसाद अर्मजाको नाममा २२ हजार रुपैयाँ सहयोग गर्ने उनका अाफन्तहरूलाइ सम्मान गरिएको थियो ।


कार्यक्रमको अवसरमा विधालयमा अध्ययनरत विपन्न  १२ जना विद्यार्थीको एसईई देखि मास्टर डिग्रि अध्ययन सम्मको लागि जनप्रतीनी र समाजसेवीहरूले अभिभावकत्व ग्रहण गरेका छन् । कार्यक्रममा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कक्षा २ मा अध्ययन गर्ने विजन वि.क.को मास्टर डिग्रिसम्मको अध्ययन लागि अभिभावकत्व लिएका छन् । त्यस्तै वडा– १ का वडाअध्यक्ष क्या डेकबहादुर राम्जालीले कक्षा २ मा अध्ययनरत छात्र स्तुती वि.कको कक्षा १२ सम्मको, गाउँपालिका उपाध्यक्ष सृजना केसी, वडा सदस्य, समाजसेवी लगायतले विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै स्टेशनरी तथा पोशाक वितरण गरेका थिए ।


कार्यत्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकाले विद्यालयको भौतिक, शैक्षिक र कक्षा कोठाको ब्यवस्थापन उतकृष्ट रहेको बताउदै गुणस्तर शिक्षामा निरन्तरता दिन आग्रह गरेका थिए । सो दिवसको अवसरमा लठो तान्ने, अन्ध निसानी, नृत्य प्रतियोगिता गरिएको थियो ।विद्यालयका प्रधानध्यापक सुनबहादुर विश्वकर्माको मन्तव्य रहेको कार्यक्रममा विद्यालयकी शिक्षिका सिता जि.सीको स्वागत, शिक्षिका दुर्गा कुमारी वि.क.को संचालनमा सम्पन्न भएको थियो ।