भारतिय दुतावास योग शिविर लिएर मुक्तिनाथ पुग्यो !

  • ४ असार २०७५, सोमबार
  • निरज थकाली
  • 2425 पटक पढिएको

ठिनी मुस्ताङ, ३ जेठ । हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरमा भारतीय दुताबास योग शिविर लिएर पुगेको छ । हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिरको भ्रमणपछि भारतीयहरु आउने क्रम बढीरहेको सन्दर्भमा दुताबासले नै योग शिविर सञ्चालन गरेको हो । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा धार्मिक स्थल मुक्तिनाथ मन्दिर र मन्दिर वरपरका गुम्बाहरुमा अन्र्तराष्ट्रिय योगशिविरको अवसरमा दुताबासले योग शिबिर आयोजना गरेको हो ।

मुक्तिनाथ मन्दिर समुन्द्री सहतदेखि ३ हजार ८०० मिटरको उचाइमा रहेको छ । मुस्ताङमा भारतीय दुतावासका साथै विभिन्न देशका दुतावासहरु पनि बेला मौकामा मुस्ताङ घुम्न आउने र सहयोग गर्न गर्छन् ।भारतीय दुतावासका तिन कर्मचारी आएर मुक्तिनाथ मन्दिरमा स्थानीय, प्रहरी, पुजारी, झुमा तथा कर्मचारीहरुलाई योग प्रशिक्षण दिदै उक्त दिवस मनाएर फर्केका थिए । योग प्रशिक्षण लिने करिब १०० जनाको हराहारीमा थियो ।

योगभने भारतिय साँस्कृतिक केन्द्रका प्रशिक्षक सन्जयबाबा भतेले प्रशिक्षण गराउनु भएको थियो । यो कार्य स्वास्थ्यको लागि फाइदाजनक रहेको स्थानीय सुरज गुरुङले जानकारी दिए ।

निरज थकाली