म्याग्दी बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षामा आईटिको सम्भावना:सागर भण्डारी म्याग्दी बहुमुखी क्याम्पस विए प्रथम बर्ष

  • २० पुष २०७३, बुधबार
  • 2311 पटक पढिएको

dhi_2एक्काईसौ शताव्दीमा नेपालको विकास गति योजना अनुसार लक्ष्य असफल भएको छ । यो सबै अस्थिर राजनीतिको कारणले हो । देशमा  भएका महत्वपूर्ण स्रोत साधनको प्रयोग विहिन अवश्थामा देख्छौँ । मूल्यवान बस्तु मूल्यविहिन अवस्थामा रहिरेको छ । कारण ब्यवहारिक शिक्षाको अभाव हो ।  कति समयमा देशको विकास गर्न सकिन्छ। दीर्घकालिन योजना निर्माण विहिन संविधान निमार्ण भएको छ । जनतामा संविधानबारे सकारात्मक सन्देश अहिले शिक्षाले प्रष्ट दिन सकेको छैन् । शिक्षक बर्गमा संविधान बारे प्रष्ट ज्ञानको अभाव छ । जसले जनतामा संविधान कार्यान्वयनमा भ्रम परिरहेका छ ।  गणतन्त्रको संविधान जनताको अधिकार कागजमा मात्र सिमीत हुदैन भन्ने आभास जनतामा पलाएको छ।

देशलाई नियमवद्धरुपमा चलाउन देशमा भएको स्रोतसाधनको उचिन प्रयोग स्वरोजगारको ब्यवस्था मानविय आधारभूत पक्षको विकासको लागि देशमा उचित शिक्षा र निति निर्माण कार्यान्वयन हुनुपर्दछ । तर शिक्षामा भएको विकृति हटाउन गुणस्तरिय नारा शिक्षक नेतालाई मन्त्रि बन्ने भ¥याङ भएको छ । उनीहरुले उत्पादन गरेका यूवा बाध्यताले विदेशमा पलाएन भएको छ । यूवाहरुलाई ब्यवहारिक शिक्षाको अभावले देशमा बेरोजगारी दलको ढाल बन्न पुगेका छन् । नेपालको शिक्षा बोलीमा स्याउ र व्यवहारमा मरुभुमीको सिउडी भएको छ । शिक्षक विद्यार्थी भविष्यको परिपूरक हुन् ।

तर यिनै क्षेत्रमा क्षमताको विकास भन्दा राजनितिक पार्टीको कार्यकता हुन् बाध्य छन्। शिक्षाले समृद्ध विकास कसरी गर्न सकिन्छ त्यो अनुसारको दीर्घकालिन योजना अनुसार ब्यवहारिक र बैज्ञानिक शिक्षाको विकास गर्नुपर्छ । देशमा उत्पादित प्रतिभालाई प्रयोग गरी स्रोतसाधनको प्रयोग र उत्पादन गरी आयत भन्दा निर्यात बढी आम्दानी  बढाउने गनुपर्छ ।  शिक्षकले विद्यार्थीलाई प्रष्ट पार्दछन् । विकसीत राष्ट्रको प्रगति तथा सुविधाको ब्याख्या गर्न सिपालु हुँन्छन् ।

तर आफ्नो देश कसरी विकास गर्ने सिकाउन सक्दैनन् । र अन्त्यमा देश विकास छेपाराको दिनचर्या जस्तै मोडेलको संस्कार बसेको छ । शिक्षण जस्तो पवित्र संस्थाहरुमा राजनीतिक कार्यकर्ताहरुको भिड लागदै जादा र म यो पार्टी निकट शिक्षक संगठनको कार्यकता  हो । भन्ने चलन मौलाएको छ। सरकारी शिक्षण संस्थाहरुको शैक्षिक गुणस्तर दिनानुदिन खस्किदै गएको छ । तर यसप्रति कुनै जनता, दल र सरकार गुणस्तर पक्षमा संवेदनशिल भएका छैनन्। यो चिन्तनको विषय हो । देशको सरकारको नेतृत्वमा, शिक्षक राजनीतिबाट प्रधानमन्त्री र मन्त्रि र समाज को बुद्धिजिवीमा अगाडी बढेका छन् । शिक्षक राजनीतिबाट पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल प्रधानमन्त्री र दिलनाथ शर्मा शिक्षा मन्त्री भएका छन्। अन्य थुप्रै नेता तथा मन्त्रीका परिचय शिक्षक राजनीतिबाट विकास भएका हुन् ।

देशमा यही शिक्षाबाट नेता तथा मन्त्री भएका शिक्षक राजनीतिबाट उत्पादन भएको हुन् । तर नेताहरु शिक्ष्ााँको परिवर्तनका नाराहरु जनतामाझँ रसिलो पारेर नेतृत्व लिन सक्षम भए । आज दीर्घकालिन लक्ष्य निर्माण जनतामा परिवर्तन भएको छ। देशमा भएको सैद्धान्तिक शिक्षाले राष्ट्रियता ,मौलिकता सस्कृति औद्योगिक क्षेत्र ,स्रोत साधन , सम्पदाको संरक्षण  पछी परेका छन् ।  ब्यवहारीक शिक्षाको अभावले मलिलो माटो मरुभुमी बनेको छ । बिदेशी मरुभुमी सुन बनेको छ। बाध्यताले यूवा बेराजेगारी उच्च शिक्षाको बेरोजगारी विल्ला सरकारलाई देखाउदै प्रतिभा विदेशमा पलायन भएको छ।

देशको शिक्षाले पढ्नको लागि किताव, कपि र कलम चाहिन्छ । तर यो कसरी निर्माण हामी आफै कसरी गर्न सक्छौ भन्ने ब्यवहारीक बैज्ञानिक शिक्षा खोजीकार्य चल्दैन् । शिक्षाले यूवालाई भविष्यको कर्णदार तथा राष्ट्रनिर्माणका सदस्य भन्छौ । तर राष्ट्रनिर्माणको सदस्य बन्न बर्तमान समयमा के शिक्षा आवश्यक छ । भन्ने थाहा छैन् । त्यो किसिमको शिक्षा र त्यो किसिमको शिक्षक अभाव छ । यहाँको शिक्षा र शिक्षकले युररोप, अमेरीका, चिन र कोरियाको विकासको मोडेलको कुरा गर्छ । आफ्नै देशको विकास मोडेल तयार पार्दैन् । यहाँको शिँक्षाले  अधिकार र नियम सिकाउँछ । तर आत्मअनुशासन र नैतिकता सम्बन्धि ज्ञान सिकाउदैन् । समुन्द्रको गहिराई कति छ मापन गर्छ । तर जिवनको बास्तविक गहिराई मापन गर्दैन् । आज मेरा दाजुभाई विदेश नभएको भए आज म यो स्थानमा रहेर यो परिवेशको ब्याख्या गर्न पाउने थिएन् ।

यही शिँक्षाले जिवनको लक्ष्य भटायो । तर यो शिक्षालाई अधुरो प्रेम कथा जस्तै नेपालको राष्ट्रियता सुनको लेप लगाएको छ । जिवनको दीर्घकालिन उद्देश्य भेटिदैन् । बातावरण सन्तुलन राख्न समय अनुकुल घामपानीको प्रकृतिले मिलाउछ । बैज्ञानिक शिक्षा विकास विनाको ओलीको राष्ट्रबाद, पहिचान सहितको संघियता खाज्दै जनयुद्ध गरेको प्रचण्डकोे सत्ताको  राष्ट्रबाद र शेरबहादुरको प्रजातान्त्रिक शैलीबाट अस्थाई सरकार निर्माणको राष्ट्रबादले देश विकास हुदैन् ।

अब देशमा जनता सक्रिय र  बैज्ञानिक शिक्षाम लगानी बृद्धि गर्न तत्परता हुनुपर्छ । राजनीतिदलको स्वार्थमा प्रयोग भईरहेका युवा बेरोजगारी हुन बाध्य छन् । त्यसैले गर्दा यूवामा भएको प्रतिभा मरुभुमिमा बगिरहेको छ । उच्च शिक्षाको सटिफिकेट सिरानीमा राखेर उर्जाशिल, गतिशील श्रमशक्ति यूवाहरु स्वदेशमा काम विनाको राजनीतिले दलको कार्यकता, अनैतिक दुव्र्यशनमा, भष्ट्राचार र कमिशनमा निर्दोष यूवाहरु पmसिरहेका छन् । दल र राज्यले निश्चित मापदण्ड पु¥याएर यूवालाई रोजगार दिने वास्तै छैन् । संविधानमा रहेको राष्ट्रियता जनता विपरित संशोधन र कोही  विरोधमा  दिन विताएका छन् ।
त्यसैले सरकारको दीर्घकालिन यूवा, रोजगारविहिन, स्रोतसाधनको प्रयोग । पूर्वाधारका विकास, औद्योगिक विकास तथा सुशासननिर्माण तयार गर्ने ब्यवस्था हुन सकेको छैन् । संविधान कार्यान्वयनमा सरकार र दल गम्भिर देखिदैन्। स्वदेशमा यूवा रोजगारको कहिलेसम्म ब्यवस्थापन गर्न सकिन्छ भन्ने पक्षमा सबै पक्ष गम्भिर देखिदैन् । लाखौ यूवाहरु स्वदेशमा रोजगार नपाएर बाध्यताले जिवन चलाउन विदेशिन बाध्य छन् । लाखौ दक्ष यूवाहरु १३हजार शिक्षक कोटामा १लाख उम्मेद्वार तयार छन् ।  कोरियामा काम गर्न जान ५हजार कोटामा ६०हजार यूवा नेपाली तछाडमछाड गरिरहेका छन् । देश निर्माणका यूवा शक्ति आफ्नो उर्भर उमेरमा बगिरहेको नदी झैँ बाच्न विवश छन्। बेलैमा सोच्न आवश्यक  देखिन्छ।