जस गिमिनेजले गोल गरेको खेलमा उरुग्वेको सहज जित

  • १ असार २०७५, शुक्रबार
  • 1865 पटक पढिएको

एजेन्सी, १ असार  ।  विश्वकप फुटबलको २१ औं संस्करणमा समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टविरुद्व एक गोल गर्दै जित निकालेको छ । खेलको दोस्रो हाफको ८९ औं मिनेटमा उरुग्वेका जस गिमिनेजले गोल गरेका हुन् ।

दोस्रो हाफमा आक्रामक बनेको उरुग्वेलाई रोक्दा इजिप्टको डिफेन्स लाइन बलियो देखिएको थियो । दोस्रो हाफमा उरुग्वेले गरेको केही उत्कृष्ट प्रहारहरु गोलमा परिणत हुन सकेन ।रुसमा जारी विश्वकप फुटबलको दोस्रो खेलमा उरुग्वे र इजिप्टबीचको प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगीएको थियो ।

४५ मिनेटमा एक मिनेट थप गरिएको समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेका हुन् । पहिलो हाफमा गोल हुन नसकेपछि दोस्रो हाफको अन्तिम समयमा उरुग्वेले गोल गर्दै जित निकालेको हो ।