मल्लाजमा जेष्ठ नागरीकलाई सम्मान

  • ३१ जेष्ठ २०७५, बिहीबार
  • dhiran
  • 1947 पटक पढिएको


मल्लाज ३१ जेठ । पर्वतको जलजला गाउँपालीका ३ का ८० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरीकहरुलाई बिहीबार सम्मान गरिएको छ ।गाउँपालीका अन्तरगत ३ नम्बर वडा कार्यालयले ३६ जना जेष्ठ नागरीकहरुलाई नगद एक हजार रुपैया सहित, झुल र दोसल्ला ओढाएर सम्मान गरेको हो । जेष्ठ नागरीक सम्मान कार्यक्रममा वडाको प्रस्तावमा गाउँपालीकाले ७५ हजार रुपैया बिनियोजन गरेको थियो ।


जेष्ठ नागरीकले समाजमा पुराएको योगदानको कदर गर्दै उनिहरुलाई सम्मानपूर्वक रुपमा जिवनयापन गर्न सहयोग गर्नुपर्ने सन्देश प्रवाह गराउन कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले ज्ञान र सिपका भण्डार जेष्ठ नागरीकको अनुभव समाज र देशको हितका लागि उपयोग गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
३ नम्बर वडाका अध्यक्ष भण्डारीले आफ्नो सुबिधाका लागि मोटरसाईकल खरिदका लागि बिनियोजन भएको बजेट समेत सर्वसाधारणको घरघरमा खानेपानी सुबिधा विस्तारका लागि उपलब्ध गराएर उदाहरणीय काम गरेको अधिकृत गौतमले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले शुसासन र विकासको हिसाबले वडालाई नमुना बनाउने बताउनुभयो । सबैलाई समान र सहज हिसावले सेवा प्रवाह तथा पारदर्शी र प्रभावकारी रुपमा विकास निर्माणलाई अघि बढाउने प्रतिवद्धता जनाउदै अध्यक्ष भण्डारीले सकारात्मक काममा सहयोग र कमजोरी हुँदा रचनात्मक खबरदारीको आवश्यकता पर्ने बताउनुभयो ।

नेकपाका नेता कृष्णबहादुर खत्रीले सेवा प्रवाहमा बिभेद नगर्न र विकास निर्माणमा जनसहभागीता तथा सहकार्य गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । वडा सदस्य शशी शर्मा आचार्यको स्वागत र सचिव मिनबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अर्का वडा सदस्य चन्द्रबहादुर क्षेत्रीले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।

dhiran