पेरी भारानी ताल संरक्षणको पखाईमा

  • ३१ जेष्ठ २०७५, बिहीबार
  • धिरन खत्री
  • 3854 पटक पढिएको


म्याग्दी, २३ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –७ घराम्दीमा रहेको प्रचुर पर्यटकिय सम्भावना बोकेको पेरी भारानी ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि २८ सय मिटर माथि घनाजंगलको विचमा अवस्थित गोलाकार पेरी भारानी तालमा पुग्ने पर्यटकलाई मोहीत पारेपनि भौैतिक पुर्वाधार र प्रचारप्रसारको अभावमा पर्यटकिय गन्तव्यमा ओझेलमा परेको हो ।


वरीपरि घनाजंगल, चिरविर बन्यजन्तुको आवाज र बनस्पतीको रंगले विच भागमा सजिएर गोलाकार तालको दृष्यले पुग्ने पर्यटकलाई आनन्द दिन्छ ।  धार्मिकस्थलको रुपमा चर्चित पेरी भारानी थान नजिकै रहेको ताललाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नका लागि गाउँपालिकाले धार्मिक प्राकृतिकरुपमा पर्यटकियस्थलको रुपमा विकासका लागि भौतिक संरचना निर्माणसंगै प्रचारप्रसारको योजना बनाउन जरुरी देखिन्छ । थान तथा तालमा धार्मिक रुपमा जनैपुर्णिमा विशेष पुजा गरिन्छ । पर्यटनको रुपमा विकास गर्नका लागि वडाले ताल नजिक सडक संजाल जोडेको छ । हिस्तान राम्चे, शिख र घार क्षेत्रको शिरमा अवस्थित थानमा स्थानीबासीले जनैपुर्णिमा अवसरमा पुजा गर्छन ।


जिल्लाको प्रमुख पर्यटकियस्थल पुनहिलमा आउने पर्यटकलाई लामो समयमा टिकाउन घोडेपानी होटल ब्यवसायीले पेरी भारानी ताल संरक्षणका लागि योजना निर्माण गरिएको घोडेपानी होटल ब्यवसायी समितिका पुर्व अध्यक्ष ओम पुनले बताए । पेरी भारानी तालको संरक्षणसंगै प्रचारप्रसार गर्न सकेमा गाउँपालिकाभित्र आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ गन्तब्यको रुपमा त्यस ठाउँमा पु¥याउन सकेमा स्थानीयमा रोजगारी सिर्जना गर्न सकिने पुनले बताए ।

घराम्दीको शिरमा अवस्थीत पेरी भारानी थानको भौतिक संरचना निर्माण गरिएपनि तालको संरक्षणका लागि ध्यान दिदाँ गहिराई र चौडाई पुरिदै गएको छ । सो संरक्षणका लागि वडा र गाउँपालिकाले आगामी आर्थिक बर्षमा प्राकृतिक सम्पदा संरक्षणको योजनामा प्राथमिकता दिन आवश्यक रहेको स्थानीयबासी रामबहादुर पुर्जाले बताए । जनैपुर्णिमाको अवसरमा पुजा गर्नेहरुले मनको ईच्छा पुरा हुने भएको हुदाँ पुन समाजले पनि संरक्षणको लागि पहल भएको पुर्जाले भने ।


म्याग्दीको सदरमुकाम बेनी देखि अन्नुपुर्ण गाउँपालिकाको केन्द्र पोखरेवगर हुदै घार खिवाङ हुदै तालमा पुग्न सकिन्छ । सो तालमा प्रमुख पर्यटकियस्थल घोडेपानीबाट २ घण्टामा पुग्न सकिन्छ । लामो खडेरी परेपनी तालमा पानी सुक्दैन । पानीको गहिराई चौडाई पुरानै स्थानमा ल्याउनका लागि आवश्यक पुर्वाधार निर्माण तथा मुहान संरक्षण गर्न आवश्यक देखिन्छ । तालको संरक्षणसंगै प्रचारप्रसार गर्न सकेमा आगामी दिनमा पर्यटकको संख्या वृद्धि हुने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l