यस्तो छ बेनी – दरवाङ सडक खुल्ने नयाँ तालिका

  • ३१ जेष्ठ २०७५, बिहीबार
  • 2653 पटक पढिएको

म्याग्दी ३१ जेठ । बेनी – दरवाङ सडकमा यातायात सञ्चालन हुने समय तालिका परिवर्तन गरिएको छ । विहिवार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले यातायात सञ्चालन हुने नयाँ समय तालिका सार्वजनिक गरेको हो । लामो समय सडक बन्द गरेर निर्माणको काम गर्दा सर्वसाधरणहरुलाई आवतजावतमा समस्या परेको भन्दै यातायात व्यवसायीहरुले प्रशासनमा समय तालिका मिलानका लागि अनुरोध गरेका थिए ।

विहान ५ बजेबाट सडक निर्माणको काम सुरु गरिने छ । सावरी साधन खुल्ने समय विहान ८.३० देखि १०.१५ सम्म, दिउसो १२.३० देखि २ बजे र अपरान्न ४ बजे देखि ७ बजे सम्म सवारी साधानहरुलाई आवतजावत गर्न दिइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । असार ३२ गते सम्म उक्त समय तालिका लागू गरिने जनाइएको छ ।

यसैगरि सिङ्गामा रहेको बोडिङ देखि राक्से ठूलोखोला हुँदै जाने वैकल्पीक सडकमा सवारीसाधनहरु सञ्चालन गर्दा जोखिम वढेको भन्दै उक्त वैकल्पीक सडकमा सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । विगत दुइ महिना देखि बेनी– दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका ४ सिङ्गाको कुनाको तालमा रहेको कडा चट्टान कटान गरी सडक फराकिलो बनाउने काम भइरहेको छ ।

बेनी – दरबाङ सडकखण्डमा बावियाचौरसम्म १६ किलोमिटरलाई कालोपत्रे गर्न सडक डिभिजन कार्यालय बागलुङ र लामा समान्तर जेभि निर्माण कम्पनीविच ३६ महिना सम्म सक्ने गरि ठेक्का सम्झौता भएको थियो । सुरुका चरणमा सडक स्तरोउन्नतीको काममा सुस्तता आएपनि पछिल्लो समय ठेकेदार कम्पनीले निर्माणलाई तिव्रता दिएको छ ।