सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने

  • ३१ जेष्ठ २०७५, बिहीबार
  • 1973 पटक पढिएको

काठमाडौँ । अमेरिका, क्यानाडा र मेक्सिकोले सन् २०२६ को विश्वकप आयोजना गर्ने भएको छ ।

मतदानमा मोरोक्कोलाई हराउँदै तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएका हुन् ।

‘युनाइटेड २०२६’ लाई फिफाका सदस्य राष्ट्रहरु अत्याधिक मत दिएका थिए ।

उनीहरुले १३४ मत पाउँदा मोरक्कोले ६५ मत मात्र पाए ।

सन् २०२६ को विश्वकप अहिलेसम्मकै ठूलो विश्वकप हुनेछ ।

हाल ३२ टोली भाग लिनेमा उक्त प्रतियोगितामा ४८ टोली सहभागी हुनेछन् भने प्रतियोगिता ३४ दिनसम्म चल्नेछ ।

मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकपको आयोजना गरेको छ भने अमेरिकाले सन् १९९४ मा विश्वकपको आयोजना गरेको थियो ।