मालीकामा डिजीटल बडापत्र

  • ३१ जेष्ठ २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 2280 पटक पढिएको

म्याग्दी ३१ जेठ । म्याग्दीको मालीका गाउँपालीकाको दरवाङ स्थित कार्यालयमा डिजीटल नागरीक बडापत्र जडान गरिएको छ । विद्यूतीय माध्यमबाट सेवाग्राहीहरुलाई प्रभावकारी दंगले सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले डिजीटल बडापत्र जडान गरिएको हो । यसअघि होडीङ बोर्ड र फेलेक्स प्रिन्टको बडापत्र प्रयोगमा थियो ।

होडीङ र फेलेक्सको तुलनामा विद्युतीय बडापत्र प्रभावकारी भई सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । मालीकाका धार्मीक पर्यटकीय स्थल र गाउँपालीकाको विकास गतिबिधिहरुलाई समेत प्रशारण गरिने बडापत्रका लागि करिब तिन लाख लगानी भएको छ ।

यसैबीच मालिका गाउँपालीका, वडा र सामुदायीक विद्यालयहरुमा विद्युतीय हाजीरी मेसीन जडान गरिने भएको छ । मेसीन खरिद गरेर जडानको तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले बताउनुभयो । आधुनिक सूचना प्रबिधिको प्रयोग गरेर शुसासन, नियमितता र पारदर्शीता कायम गर्न विद्युतीय हाजीरी मेसीन जडान गर्न लागिएको अधिकृत सुवेदीले बताउनुभयो ।

सन्तोष गौतम