तातोपानीमा गुञ्जीयो बालश्रमका कविता

  • २९ जेष्ठ २०७५, मंगलवार
  • 2927 पटक पढिएको

सन्दीप खत्री
बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी मंगलबार बालश्रम सम्बन्धीका कविताले गुञ्जयमान भयो । बाल श्रम विरुद्धको अवसरमा म्याग्दी साहित्य सञ्चारको मूल आयोजनमा सरस्वती माबी सिंगा तातोपानी म्याग्दीमा धौलागिरी माबी सिंगा र सरस्वती माबीका विद्यार्थीहरु माझ भएको खुल्ला कविता प्रतियोगिताले तातोपानी गुञ्जयमान भएको हो । दुई विद्यालयका २० जना प्रतियोगिले सहभागीता जनाएको कार्यक्रममा धौलागिरी मा.वि.का चन्द्र सिरपाली प्रथम, सरस्वती मा.वि.का उत्तम थापा द्वितिय, धौलागिरी मा.वि.का अञ्जना खत्री तृतीय र सरस्वती माविका अञ्जु पौडेलले सान्त्वना स्थान हासिल गरे । उनीहरु नगद, प्रमाणपत्र र शैक्षिक समाग्रीले पुरस्कृत भएका छन् ।


खुल्ला कविता प्रतियोगिता भनिएपनि अधिकाँस प्रतियोगीले बालअधिकार सम्बन्धी कविताबाट सिंगा तातोपानीलाई गुञ्ज्यमान बनाए । उनीहरुका कवितामा नेपालका वर्तमान वाल अवस्था, बाल अधिकारका कुरा कागजमा मात्र सिमित रहेका कुरा, बालकालिकालाई श्रममा प्रयोग गरिएका, भ्रष्ट्राचार, शिक्षामा भएको अनियमितता लगायतका विषयहरु समावेश भएका थिए । प्रतियोगी तथा अप्रतियोगी गरी झन्डै ३ दर्जन सर्जकहरुले कविता, गीत प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त उपाध्यायाले विद्यालयमा हुने साहित्यिक कार्यक्रमहरुले विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

उनले म्याग्दी साहित्य सञ्चारले कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको क्षमता प्रस्फुटनको अवसर सिर्जना गरेको बताए । कार्यक्रममा म्याग्दी साहित्य सञ्चारका संरक्षक चन्द्रबहादुर लामिछाने, साहत्यकार गणनाथ पौडेल, तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य, धौलागिरी मा.वि.का प्रधानाध्यापक डण्डपाणी सापकोटा, सरस्वती मा.वि.का प्रधानाध्यापक सुरत बानियाँ, निर्णायक संयोजक गंगाा बानियाँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा म्याग्दी साहित्य सञ्चारका आजिवन सदस्य रोजीना क्षेत्री, हिक्मत ढकाल लगायतको उपस्थिती तथा रचना बाचन रहेको थियो । संस्थाका अध्यक्ष लोकनाथ भुषालको अध्यक्षता, उपाध्यक्ष सन्दीप खत्रीको सञ्चालन र कोषाध्यक्ष हीरा शर्माको स्वागत तथा बुलबुल पाठक समूह धौलागिरी मावि र सरस्वती माविको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । म्याग्दी जिल्लाको साहित्यिक क्षेत्रमा म्याग्दी साहित्य सञ्चारको सधै अग्रपंक्तिमा आउने गर्छ ।

जिल्लाको साहित्यको विकासका लागि स्थापनाकालदेखि नै संस्थाले विभिन्न गतिविधिहरु गर्ने गरेको छ । संस्थाले साहित्यको विकास, संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले जिल्लाका विभिन्न विद्यालयहरुमा बुलबुल पाठक समूह समेत गठन गरेको छ ।