जान्छु अब धर्ती छाडेर म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • २९ जेष्ठ २०७५, मंगलवार
  • 3551 पटक पढिएको

म्याग्दी, २९ जेठ । म्याग्दीका कलाकार बिपीन पौडेल को उत्कृष्ट लय र शब्द सिर्जना मा माया भन्डारी द्वारा निर्माण गरिएको ‘जान्छु अब धर्ती छाडेर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको छ । जिवनमा आइपर्ने असफलताका कथा समेटीएको उक्त गितमा शान्ति श्री परियारको स्वर रहेको छ ।

साथिभाई डिजिटल म्युजिक प्रा.लि.ले युटुब मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियोमा रामु विरहीको निर्देशन, सेरु बैरागी, सुस्मा लिम्बु लगायतको अभिनय रहेको छ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम घर भई हाल साउदीमा रहेका कलाकार पौडेलले प्रवासमै रहेर पनि शब्द सिर्जना तथा लय संकलन मार्फत कलाकारीतामा सक्रिय छन् ।

सानै उमेरदेखि साँगेतिक क्षेत्रमा रुचि भएका पौडेलले म्याग्दी को बयान ,बेनिको बस, भुकम्प ले भत्कायो घर पनि ,रुकुम मुसि कोट लगायतका गितहरुमा शब्द तथा लय सिर्जना गरिसकेका छन् । उनले गुटुमुतु परे म ,स्वर्ग जस्तो मेरो पोखरा लगायतका आउँदै गरेका गितहरुमा समेत शब्द सिर्जना गरिसकेका छन् । स्याङ्जा घर भई हाल दुबैमा रहेकी मिकला भण्डारीले समेत प्रदेशीहरुको दुख र कथाहरुलाई समेटेर विभिन्न एलबमहरु बजारमा ल्याइसकेकी छन् ।