५० सैयाको बेनी अस्पतालकाे निर्माण कार्य किन सुस्त

  • २९ जेष्ठ २०७५, मंगलवार
  • 1737 पटक पढिएको

बेनी, २९ जेठ । जिल्लाको सुविधा सम्पन्न ५० सैया क्षमता रहेको बेनी अस्पतालको भवन निर्माण कार्य सुस्त भएको छ । भवन निर्माण कार्य सुरु भएको डेढ बर्ष वितिसक्दा पनि भवनको जग निर्माण कार्य पुर्ण रुपमा सम्पन्न भएको छैन् ।

२०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने गरि सम्झौता भएको छ । भने भवनको निर्माण कार्यको सुस्त गतिले भवनको जग पुर्ण रुपमा बस्न सकेको छैन । ५० सैया क्षमताको सुविधा सम्पन्न अस्पतालको भवन लक्षित समयमै निर्माण गरि सो सुविाधा जिल्लाबासीलाई समयमा दिनका लागि भवन निर्माणको ठेक्का लिएको श्री महादेव खिम्ती जेभिलाई किन ढिलाई भएको जानकारी लिएर दबावका लागि जिल्लाका सरोकारवालाहरुको ध्यान जान आवश्यक देखिन्छ ।

नेपाल सरकार सहकारी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङले २४ करोड ४ लाख २२ हजार १५५ रुपैयामा जेभिलाई २०७३ पुष महिनाको २१ गते भवन निर्माण कार्यको ठेग्गा दिएको थियो । तस्विर ः  धिरन खत्री