भुरुङ तातोपानीका बाढी पिडितलाई जापानबाट आर्थिक सहयोग

  • २९ जेष्ठ २०७५, मंगलवार
  • 2341 पटक पढिएको

पोखरेबगर २९ जेठ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ्गतातोपानीका बाढीबाट पिडितका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । हाल जापानमा रहनुभएका भुरुङ तातोपानीका सन्तोष थापामगरको पहलमा जापानको तोचीगी स्थित लाफा कल्वले एक लाख ३० हजार रुपैया आर्थिक सहयोग गरेको हो । कल्वका कोषाध्यक्ष समेत रहनुभएका थापाले गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र वडा अध्यक्ष ओमप्रकाश फगामीको नाममा गरिमा विकास बैंकको पोखरेबगर शाखामा खोलीएको खातामा उक्त रकम जम्मा गर्नुभएको छ ।

बैशाख २९ गतेको भुरुङ तातोपानीका पिडित र सम्भावीत विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन सुरु गरिएको अभियानमा हालसम्म दुई लाख रुपैया भन्दा बढी सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको नेपाल रेडक्रस सोसाईटीको उपशाखाले वडा अध्यक्ष नरसिङ पुर्जा मार्फत २० हजार १५५ रुपैया उपलब्ध गराएको छ ।

बाढीले ४ घर पूर्ण र १३ घरमा आंशिक गरि करिब एक करोड रुपैयाको क्षत्ती गरेको थियो । जलउत्पन्न प्रकोप ब्यवस्थापन कार्यालय बागलुङले उपलब्ध गराएको तारजालीमा ग्यावीयन पर्खाल बनाएर बाढी पहिरो नियन्त्रणको काम सुरु गर्ने तयारी भएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।