कलाकार परियारको निर्देशनमा पहिलो म्युजिक भिडियो बजारमा (भिडियो सहित)

  • २९ जेष्ठ २०७५, मंगलवार
  • 3097 पटक पढिएको

म्याग्दी, २९ जेठ । म्याग्देली कलाकार राजकुमार परियारको निर्देशनमा तयार पारिएको पहिलो म्युजिक भिडियो बजारमा आएका छ । गायिका बविता मगरको ‘रक्सी तीनपाने’ बोलको उक्त गितको म्युजिक भिडियोमा म्याग्दीका कलाकार राजकुमार परियारले निर्देशन गरेका छन् ।


नृत्य, अभिनय, मोडलीङ र गायन क्षेत्रमा चर्चा बटुलेका गायक परियारले पहिलो पटक निर्देशन गरेको उक्त म्युजिक भिडियो बेनी र बगरफाँटमा छायांकन गरिएको छ ।

उक्त म्युजिक भिडियोमा म्याग्दीकै हाँस्यव्यङ्गे कलाकार सन्तोष परियार, बुटवलकी उषा मगरको अभिनय रहेको छ । सो गितमा म्याग्देली गायक बलबहादुर परियार र बविता मगरले स्वर भरेका छन भने लय तथा शब्द सिर्जना गायक परियारकै रहेको छ ।