प्राथामिक स्वास्थ्य केन्द्र दरबाङको अध्यक्षमा हिरा पुन नियुक्त

  • ७ चैत्र २०७३, सोमबार
  • राकेश शर्मा
  • 4018 पटक पढिएको

500

म्याग्दी,७ चैत । प्राथामिक स्वास्थ्य केन्द्र दरबाङको सञ्चालक समिति अध्यक्षमा हिरा पुन नियुक्त भएका छन् ।पश्चिम म्याग्दीका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक काममा क्रियाशील पुनलाई मन्त्रीस्तरीय वैठकबाट अध्यक्षमा नियुक्त गरिएको हो ।

केवी एकेडेमी दरबाङका प्रबन्ध निर्देशक, लायन्स क्लब अफ दरबाङका अध्यक्ष र  प्याब्सन म्याग्दीको जिल्ला सचिबमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको पुनको नेतृत्वमा स्वास्थ्य केन्द्रको भौतिक विकास र सेवाको गुणस्तरमा बृद्धि हुने अपेक्षा गरिएको छ । गगनकुमार थापा स्वास्थ्यमन्त्री भएपछि नेपाली काँग्रेस म्याग्दीको सिफारिशमा पुन अध्यक्षमा नियुक्त भएका हुन् ।

पश्चिम म्याग्दीको दर्जन भन्दा बढी बस्तीलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्ने प्राथामिक स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित बनाउने चुनौती थपिएको नवनियुक्त अध्यक्ष पुनले बताए ।

‘मलाई विश्वास गरेर ठुलो जिम्मेवारी दिईएको छ, पश्चिम क्षेत्रको स्वास्थ्य सेवाको गुणस्तर बढाउन ध्यान दिनेछु’, उनले भने । स्वास्थ्य मन्त्रालयले केहि समयअघि अस्पताल विकास समिति बेनीको अध्यक्षमा नेपाली काँग्रेसका जिल्ला सदस्य एवँ निवर्तमान सचिब माधब प्रसाद रेग्मीलाई पनि नियुक्त गरेको थियो ।

राकेश शर्मा