वाईसीएल म्याग्दीको जिल्ला सम्मेलन सुरु

  • ७ चैत्र २०७३, सोमबार
  • 4739 पटक पढिएको

म्याग्दी, ७ चैत । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलन बेनीमा  सुरु भएको छ ।

DSC_0007तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी सुरक्षाकर्मीबिच २०६० साल चैत्र ७ गते बेनीमा भएको भिडन्त भएको दिनको स्मरण गर्दै साहदत प्राप्त गरेका सहिदहरुको सम्मान गर्दै आज सम्मेलन गरिएको बताईएको छ  ।

DSC_0009
सम्मेलनको अबसरमा सयौँको संख्यामा रहेका वाइसीएलका कार्यकताहरुले बेनीमा मार्चपास गरेका छन् । मार्चपास  सहित बेनी बजार परिक्रममा पश्चात अहिले उद्घाटन सत्र चलिरहेको छ । उक्त सम्मेलनलाई तत्कालिन डेपुटी कमाण्डर समेत रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनितीक सल्लाहकार चन्द्रप्रकाश खनाल (बलदेप)ले बिशेष सम्बोधन गर्दै हुनुहुन्छ  ।

DSC_0019 ‘‘गणतन्त्र, संघीयतालाई सुदृढ गर्दै समृद्धिको बाटोमा अघि बढौँ, वाईसीएल म्याग्दीको तेस्रो एकता सम्मेलन सफल पारौँ’’ भन्ने मुल नाराका साथ आयोजित सम्मेलनमा जिल्लाका अधिकाँश गाउँतहबाट प्रतिनिधिहरुले सहभागिता जनाएको  जिल्ला संयोजक भोजबहादुर थापाले बताउनुभयो । सम्मेलनले वाईसिएल म्याग्दीको नयाँ नेतृत्व चयन गर्नेछ ।
DSC_0025

DSC_0026

DSC_0022

DSC_0027