नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्ष पदमा म्याग्दीका केसीको उम्मेदवारी

  • २७ जेष्ठ २०७५, आईतवार
  • 3321 पटक पढिएको

म्याग्दी, २७ जेठ । नेपाली कांग्रेस को प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशन नजिकिदै गर्दा उमेद्वारी घोषणा हुने क्रम बढेको छ । यसैक्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्ष पदमा म्याग्दीका ओकील केसीले उम्मेदवारी घोषणा गरेका छन् । जुलाई २२ का दिन लिस्बनमा हुन गईरहेको पाँचौ अधिवेशनमा पोर्तुगलमा व्यवसाय गर्दै आएका केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका –३ मौवाफाँट घर भएका केसीले संगठनमा युवाहरुको नेतृत्व स्थापित गरि विदेश मा रहेका कांग्रेसी हरु लाई एकिकृत गरि संगठीत गराउन आफुले उम्मेदवारी दिन लागेको बताएका छन् । करिब ५ वर्ष देखि कामदार प्रदायक कम्पनि मार्फत करिब १०० जनालाई रोजगारी उपलब्ध गराउदै आएका केसीले जनसम्पर्क समितिमा युबा हरु को प्रतिनिधित्व हुनु आबश्यक रहेको बताउँछन् ।

अधिबेशनको लागि नेपालबाट शशांक कोईराला, प्रदिप गिरी, गगन थापा विश्वप्रकाश शर्मा र नगेन्द्रकुमार कुमाल लगायतका नेताहरु लिस्बन जाने जनसम्पर्क समिति पोर्तुगल ले जनाएको छ ।