भगवतीमा संचालीत योजनाको अनुगमन : ९० प्रतिशत काम सम्पन्न

  • २६ जेष्ठ २०७५, शनिबार
  • धिरन खत्री
  • 3156 पटक पढिएको


म्याग्दी, २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ राखु भगवतीमा आर्थिक बर्ष २०७४/७५ को विकास निर्माणमा संचालित योजनाको ९० प्रतिशत काम सम्पनन भएको छ । गाउँपालिकाको १५ योजना र वडाको २७ ओटा विकास योजनाहरुको गतिविधिबारे शुक्रबार अनुगमन गरिएको थियो ।


आर्थिक बर्ष २०७४÷७५ मा गाउँपालिका र वडाबाट विनियोजितबाट ४२ ओटा योजना संचालमा रहेका थिए । गाउँपालिका र वडाबाट ४२ ओटा विकास योजना रहेको राखु भगवतीमा ४० ओटा योजनाले जेठ महिनाभित्र सम्पन्न गरिसकेका छ । भने २ ओटा योजनाहरु निर्माधिन अवस्थामा रहेको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।
वडाबाट शिक्षा, स्वास्थ्य, सडक, खेलकुद मैदान, खानेपानी योजना, विद्यालयको भौतिक पुर्वाधार र्ममत, सामुदायिक भवन लगायतको क्षेत्रमा भएको विकास निर्माणको अवस्थाबारे कामका गतिविधिबारे शुक्रबार गाउँपालिकाको उपाध्यक्ष कमला तिलिचाको टोलीले अनुगमन गरेको थियो ।


वडाले आर्थिक बर्ष २०७४÷७५ मा भुगोल अनुसार सडकलाई प्राथमिकता दिएर सडकको शाखा विस्तार तथा मर्मतमा बजेट विनियोजन गरेको थियो । गाउँपालिकाबाट बेगखोला भगवती सडक स्तोरन्नती तथा मार्छखर्क बस्ती संरक्षणमा १८ लाख बजेट र ९ लाख बजेट विनियोजित रकमबाट रानीपौवा, बनाखी र माझखर्क (बेनी बेगखोलाको बैकल्पिक) सडकको ट्रयाक खोलिएको थियो ।
सो टोलिले शाखा विस्तार गरिएको सडक रानचौतारी, ओखरबोट भिरपाट सडक र खहरेखोला हुदै एक्लेखेत सडक योजनाको स्थलगत अनुगमन गरेको थियो ।
पर्यटकियस्थल रुईसे भ्युटावरमा पुगेको नया सडक र रुईसे पदमार्ग, नौली बराह मन्दिर संरक्षणका सम्पन्न योजना र निर्माणधिन योजना रुईसे भ्युटावरको कामको गतिबारे टोलीले स्थलगत जानकारी लिएको थियो ।


अनुगमनमा उपाध्यक्ष तिलिचासंगै, प्रशासकिय अधिकृत नारायणप्रसाद चापागाई, वडा अध्यक्ष केसी, गाउँपालिकाका विषयगत कर्मचारीको टोलीे अनुगमनमा रहेका थिए ।
उपाध्यक्ष तिलिचाले गाउँपालिकाको ८ ओटै वडा अनुगमन गरिसकेको जानकारी गराउदै वडा जनप्रतिनिधि र स्थानीय बासीको सक्रियतामा सबै योजनाहरुको निर्माण कार्य सम्पन्न भएको छ । सो विकास योजनाको स्थलगत पुग्दा धेरै योजना दिगो र ब्यवस्थीत रुपमा निर्माण भएको बताउदै प्रत्यक्ष रुपमा गाउँपालिकालाई फाईदा पुग्ने गौरवका योजनाहरु आगामी आर्थिक बर्षमा छनोट गर्न सुझाव दिएको बताईन ।


वडा अध्यक्ष कटुवालले वडामा ६ ओटा टोलसुधार समिति गठन गरिएको छ । सो समितिबाट छनोट भएर आएका योजनाहरु बस्तीको प्राथमिकतालाई हरेर आगामी आर्थिक बर्षमा छनोट गरि बजेट विनियोजन गरिने तयारी भएको जानकारी दिए ।
जनप्रतिनिधिको जिम्मेवारी र जनतामा विकासको चाहनाले विनियोजित बजेटबाट विकास योजना निर्माणमा बजेट नपुगेपनि समुदायको जनश्रमदान र चन्द्रा सहयोगबाट भौतिक पुर्वाधार निर्माणले तिव्रता पाएको देखिन्छ ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l