पिप्लेमा अनुगमन : योजनामा ७५ प्रतिशत काम सम्पन्न

  • २४ जेष्ठ २०७५, बिहीबार
  • धिरन खत्री
  • 2231 पटक पढिएको


म्याग्दी, २४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा आर्थिक बर्ष २०७४/७५ को विकास निर्माणको काम ७५ प्रतिशत  सम्पन्न भएको छ । स्थानीय सरकाबाट निर्वाचित जनप्रतिनिधिको सक्रियताले आर्थिक बर्षको विकास निर्माणले तिव्रता पाएको हो ।


आर्थिक बर्ष २०७४÷७५ मा गाउँपालिका र वडाबाट विनियोजित ५० लाख बजेटले साना ठुला ३९ ओटा योजना निर्माण गरको थियो । सो मध्य १६ ओटा योजनाको काम सम्पन्न भएको छ । भने अन्य २४ ओटा योजनाहरु सम्झौतासंगै तिव्र रुपमा काम गर्दै योजनाहरु अन्तिम चरणमा पुगेको वडा अध्यक्ष जीवन मल्लले जानकारी दिए ।
वडाबाट शिक्षा, स्वास्थ्य, सडक,खेलकुद मैदान, खानेपानी, विद्यालयको भवन, आमासमुह, सामुदायिक भवन लगायतको क्षेत्रमा भएको विकास निर्माणको अवस्था, कामका गतिविधिबारे विहिबार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको टोलीले अनुगमन गरेको थियो ।


५ सय घरधुरीले लाभान्वित हुने गरि पिप्ले खानेपानी आयोजनाको मर्मत ७ लाख २० हजारमा सम्पन्न भएको छ । विहिबार बगैचा, रानीपौवा मार्छखक सडक, पिप्ले खेलमैदान, वडा कार्यालय, तिन ओटा विद्यालय, मौवाफाट फुलबारी, कलेजबाङ स्तोरन्नती सडक लगायतकोे स्थलगत अनुगमन गरिएको थियो । अनुगमनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष कमला तिलिचा, प्रशासकिय अधिकृत नारायणप्रसाद चापागाई, वडा अध्यक्ष मल्ल, वडा सदस्य लगायतको टोली रहेको थियो ।


अध्यक्ष भण्डारीले विकास निर्माणका कामलाई असार पहिलो साता सम्पन्न हुने गरि सम्झौता गरिएका योजनालाई सम्पन्न भएका योजनाको अवस्था, सम्पन्न नभएका योजनालाई छिटो छरितो सम्पन्न गर्नका लागि अनुगमनलाई तिव्रता दिएको बताए । जनप्रतिनिधिको साचो र जनतामा विकासको चाहनाले विनियोजित बजेटबाट विकास निर्माणका योजनाहरुमा बजेट नपुगेपनि समुदायको जनश्रमदान र चन्द्र संकलनबाट काम सम्पन्न गरेका छन् । असारे विकासलाई अन्त्य गर्ने लक्षले गाउँपालिकाले दिएको सक्रियताले ८० प्रतिशत योजना सम्पन्न भएको छ ।

जिल्लमा विगतमा हुने गरेको असारे विकासलाई अन्त्य गदै विकास निर्माणमा स्थानीय तहका निर्वाचित सरकारले गौरवका योजना छनोटका लागि स्थलगत सुझाव संकलनलाई पनि तिव्रता दिएको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l