फुलवारीमा निर्मित चुनारे खानेपानी आयोजनाको उद्घाटन (फोटो फिचर)

  • २३ जेष्ठ २०७५, बुधबार
  • 2509 पटक पढिएको

म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ फुलवारीमा निर्मित चुनारे खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ । स्थानीय ७० घरधुरी लाभान्वित भएको उक्त आयोजनाको मंगलवार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरेका हुन् । मालिका गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत करिब साढे ३५ लाख लगानीमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो ।

उक्त आयोजना सम्पन्न भएपछि फुलवारीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । आयोजना निर्माणको लागि परियोजना मार्फत नेपाल सरकार र फिनल्याण्ड सरकारको समान ९ लाख ९५ हजार १२१ को दरले लगानी भएको उक्त आयोजना सम्पन्न गर्न मालिका गाउँपालिका कार्यालयले रु ३ लाख ५३ हजार ९७२ र उपभोक्ताले रु ११ लाख ९५ हजार ५०६ बराबरको श्रमदान लगानी गरेका छन् ।


आयोजनाबाट ७० घरधुरीको घरघरमा खानेपानी पुगेको र करिब ४५० बढी जनसंख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर बुढाले जानकारी दिनुभयो । आयोजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रोकाले निर्धारित समयभित्रै निर्माण सम्पन्न भएको चुनारे खानेपानी आयोजनाले स्थानीयबासीलाई शुद्ध खानेपानीको पहुँच पु¥याएको बताउनुभयो । उहाँले गाउँपालिकाभित्र रहेका हरेक नागरिकको पहुँचमा शुद्ध खानेपानी पु¥याउनु गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै गाउँपालिका भित्र सञ्चालनमा रहेका अन्य खानेपानी आयोजनाहरुलाई समेत समयमै निर्माण सम्पन्न गराउन रचनात्मक पहल भैरहेको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष खरमायाँ बिटालुले दैनिक जनजिवनसंग जोडिएको शुद्ध खानेपानीको पहुँचले फुलवारीबासीलाई सहज भएको बताउँदै आयोजनाको दिगोपना र संरक्षणको लागि उपभोक्ताहरु निरन्तर रुपमा सजग बन्नुपर्नेमा जोड दिईन् । त्यस्दै वडा अध्यक्ष दिलीप कुमार शेरचनले वडाबासीको घरघरमा खानेपानीको पहुँच पु¥याउनु आफ्नो प्रमुख एजेण्डा रहेको बताउँदै अहिले वडाभित्र गाउँपालिका अन्र्तगत सञ्चालित वास परियोजना मार्फत सञ्चालनमा रहेका ६ वटा खानेपानी योजना मध्ये २ वटा सम्पन्न भैसकेको र अन्य ४ वटा समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यक्रममा परियोजनाका सामाजिक विकास विज्ञ संगिता खड्का, जिल्ला वास सल्लाहकार थरेन्द्र पौडेल, प्राविधिक सहजकर्ता इन्द्र बहादर चन्द, गाउँपालिकाका वास सम्पर्क व्यक्ति पूर्णप्रसाद शर्मा, सिद्ध आधारभुत विद्यालयका प्रअ मोतीराज गौतम लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बुढाको अध्यक्षता, लालबहादुर रसाईलीको स्वागत र सचिब मुक्ति पुनको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा गरिएको आयोजनाको अन्तिम अनुगमन तथा सामाजिक परिक्षणमा कमला शर्मा, कोषाध्यक्ष सिता गौतम, अध्यक्ष बुढा लगायतले आयोजना निर्माण हुँदाको अबस्थाबारे जानकारी गराएका थिए । यसैबिच उक्त आयोजनाको जिसस प्रमुख देवेन्द्र केसी र परियोजनाका प्राविधिकहरुको टोलीद्धारा स्थलगत निरिक्षण समेत गरिएको थियो ।