जिप दुर्घटनामा दुई जना घाईते

  • २३ जेष्ठ २०७५, बुधबार
  • 2775 पटक पढिएको


बेनी २३ जेठ । बेनी नगरपालीका ६ जरबुटामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा दुई जना घाइते भएको छ ।

पुलाचौर देखि बेनी आउँदै गरेको ध १ ज ८१३ नम्बरको जिप सडकबाट खस्दा बेनपा ५ का ५६ वर्षिइ ठहरे दर्जी र २५ वर्षिया अनीता दर्जी घाईते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते ठहरे दर्जीलाई बेनी अस्पतालले थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको प्रहरीले जनाएको छ । अनीताको बेनीमा उपचार भैरहेको छ ।