दरवाङमा नेकपाका अगुवा कार्यकर्ताहरुको भेला

  • २३ जेष्ठ २०७५, बुधबार
  • 1687 पटक पढिएको


म्याग्दी २३ जेठ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले म्याग्दीमा अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया सुरु गरेको छ ।पार्टी एकिकरणको सन्देश कार्यकर्तास्तरमा पुराउने, एकताको महत्व र आगामी योजनाको बारेमा जानकारी गराउने, कार्यकर्ताको गुनासो, सुझाव, सल्लाह संकलनका साथै स्थानीय तहका जनप्रतिनिधिहरुको काम कारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले भेला तथा अन्तरक्रिया सुरु गरेका हुन् ।

मलिका गाउँपालीकाको केन्द्र दरवाङमा बुधबार पहिलो पटक नेकपाका अगुवा कार्यकर्ताहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपाका नेता गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी र शेरबहादुर केसीले प्रशिक्षण दिनुभएको थियो ।


कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिहरुबीच आगामी वर्षको योजना, बजेत तर्जुमाको विषयमा समेत छलफल भएको थियो । कर्ण रोकाको अध्यक्षता, रेशम जुक्जाली (सुबिन)को सञ्चालन र बेगप्रसाद गर्बुजाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा मालिका गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालुले स्थानीय तहको गतिबिधि, योजना, समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

एकिकरणको खुुसीयाली साटासाट र अन्तरघुलनको वातावरण बनाउने उद्देश्यले म्याग्दीका छ वटै स्थानीय तहमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको नेकपाका नेता श्रेष्ठले जानकारी दिनुभयो ।