विधुत कटौतीको आक्रोस पोख्न बेनी वितरण केन्द्रमा तोडफोड गर्ने चार जना प्रक्राउ

  • २३ जेष्ठ २०७५, बुधबार
  • धिरन खत्री
  • 2179 पटक पढिएको


म्याग्दी, २३ जेठ ।  प्रशारण लाइन मर्मतको क्रममा केही दीनदेखि लामो समयसम्म विद्युत सेवा कटौती गरेको विरोधमा नेपाल विद्यूत प्राधिकरण बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राती अवेर सम्म पनि विद्युत नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडी जम्मा भएको समुहले कार्यालयमा तोडफोड समेत गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार रातको करिब १० बजे कार्यालयमा पसेका केही व्यक्तिहरुले कार्यालय भित्र भएको टेलिफोन, चार ओटा झ्यालको सिसा समेत फुटाएको कार्यालयले जनाएको छ ।

?

रातका समयमा कार्यालय तोडफोड गर्ने कार्यमा संलग्न रहेका रामबहादुर थापा, हरिबहादुर शाक्य, दिलिप बरुवाल र गंगा थापालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए ।

?

विद्युत कार्यालय तोडफोड गरेको आरोपमा पक्राउ परेका मध्ये हरिबहादुर शाक्य राप्रपाबाट निर्वाचित जिल्ला समन्वय समितिका सदस्य हुन् । पक्राउ परेकाहरुलाई सार्वजनिक मुद्धा अन्र्तगत कारबाही प्रकृया अगाडी बढाईएको प्रनाउ बुढामगरले जानकारी दिए । नेपाल विद्युत प्राविधिकरण बेनी वितरण केन्द्रका कार्यालय प्रमुख नेत्रमणी न्यौपानका अनुसार रातको समयमा मंगाघाट स्थित विद्युत जडान कार्यको लागि कर्मचारीहरु त्यसतर्फ गएको समयमा कार्यालय तोडफोडको प्रयास भएको थियो ।
‘‘हामी साढे नौ बजे मिलनचोकमा लाईन बनाएर कार्यालयमा आएका थियौ ,तिनजनाले खाना खान लाएका थियौ, सो क्रममा कार्यालयमा तोडफोड गदै हामीले पस्किएको खाना पनि पोख्ने काम गरे,’’–उनले भने ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l