रुम डाँडागाउँमा एकैघरका २ बुहारी बैशाखदेखि सम्पर्क विहिन

  • २३ जेष्ठ २०७५, बुधबार
  • 6870 पटक पढिएको

म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा एक घरका २ बुहारी एकैदिनदेखि सम्पर्क विहिन बनेका छन् । डाँडागाउँ स्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो ।

विहान अबेर सम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्क विहिन बनेको उहाँले बताउनुभयो । ‘‘ हामी घरका अरु सदस्य घरमा नभएको समयमा उनीहरु दुबै जना घरबाट निस्कीएका थिए, आफन्त र नातोगोता सबैकोमा खोजी ग¥यौ तर केही पनि पत्ता लाग्न सकेन,’’– बुढाले भन्नुभयो ।

हराएका दुबै महिलाको उमेर २० बर्ष रहेको छ । खोजी कार्यको लागि इलाका प्रहरी कार्यालय दरबाङमा तस्बिर सहित आबश्यक हुलिया दिएर खोजीकार्यको लागि निवदेन दिएपनि अहिलेसम्म प्रहरीले समेत उनीहरुको अबस्थाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ ।

चिनाका श्रीमान गाउँमै रहेका छन् । साउदीमा रहेका ओममायाँका श्रीमान समेत आफ्नो श्रीमती घरबाट भागेर गएपछि घर फर्किएका छन् ।घरपरिवारको सम्पर्क विहिन बनेकी चिनाको २ बषिय छोरी समेत घरमै छाडेर उनी बेपत्ता भएको घरपरिवारले जनाएको छ । उनीहरुले घरबाट निस्कीएपछि मोवाईल फोन समेत स्विच अफ गरेको कारण खोजी गर्न समस्या भएको घरपरिवारको भनाई छ ।