विश्व वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई ( फोटो फिचर)

  • २२ जेष्ठ २०७५, मंगलवार
  • धिरन खत्री
  • 3271 पटक पढिएको

म्याग्दी, २२ जेठ । ४५ औँ विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा बृहत सरसफाई तथा प्रभातफेरी कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवस तथा १९ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा मंगलबार मालिका गाउँपालिका, वास पत्रकार मञ्च म्याग्दी र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणकाको संयुक्त आयोजना र दरबाङ स्थित विभिन्न सामाजिक संघ संस्थाहरुको सहभागीतामा दरबाङ बजारमा सरसफाई सहित प्रभातफेरी गरिएको हो ।

स्थानीयबासी, टोल सुधार समितिका पदाधिकारी, आमा समुह, विभिन्न क्लबहरु, उद्योगी व्यवसायी जनप्रतिनिधी, कर्मचारी र पत्रकारहरुको सहभागीतामा दरबाङ बजार परिक्रमा गरि सार्वजनिक ठाउँको फोहोर संकलन तथा व्यवस्थापन सहित जनचेतनामुलक ¥याली गरिएको थियो । ‘प्लाष्टिक प्रदुषण निर्मुल पारौ, पुर्नप्रयोग गर्न नसके बहिष्कार गरौँ’ भन्ने मुल नाराको साथ बजार परिक्रममा गरिएको उक्त कार्यक्रममा वास परियोजना र वास पत्रकार मञ्चले टोल सुधार समितिहरुलाई फोहोर संकलन गर्ने बाल्टीहरु वितरण गरेका थिए ।

जिसस प्रमुख देवेन्द्र बहादुर केसी, गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु, वास जिल्ला सल्लाहकार थरेन्द्र पौडेल, परियोजनाका सामाजिक विकास विज्ञ संगीता खड्काले वडा अध्यक्ष सन्तराम सुवेदीलाई उक्त सामान हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख केसीले स्थानीयबासीकै सक्रियतामा सफा र चिटिक्क बनेको दरबाङमा दिवसको अवसरमा आयोजित कार्यक्रमले सरसफाईलाई दिगो बनाउन र फोहोर व्यवस्थापनमा स्थानीयलाई सचेतना अभिबृद्धी गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाले दिवसको अवसरमा दरबाङको सरसफाई क्षेत्रलाई थप व्यवस्थित गर्नका लागि वास पत्रकार मञ्चसंग समन्वय गरि उक्त कार्यक्रम आयोजना गरिएको बताउँदै हरेक टोल सुधार समितिहरुले निरन्तर रुपमा आफ्नो टोल र छिमेक र सार्वजनिक स्थानहरुको सरसफाईको लागि लागीपर्न आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिटालुले सरसफाई मानव जिवनसंग प्रत्येक्ष जोडिएको बिषय भएकाले हरेक नागरिकमा सरसफाई सम्बन्धि सचेतना अभिबृद्धि हुनुपर्ने बताउँदै गाउँपालिकाको हरेक वडाहरुमा समेत सरसफाई अभियानलाई पु¥याईने बताउनुभयो ।

वास पत्रकार मञ्च म्याग्दीका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षता, वडा नम्बर ६ का अध्यक्ष सन्तोष सुवेदीको स्वागत, र मञ्चका सचिब हरिकृष्ण गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l