खिवाङमा स्थानीयले आफै गरे उत्पादित बस्तुको दरभाउ निर्धारण

  • २२ जेष्ठ २०७५, मंगलवार
  • धिरन खत्री
  • 2237 पटक पढिएको


खिवाङ, २२ जेठ । म्याग्दीको अन्र्नपुर्ण गाउँपालिका ६ खिवाङ गाउँबाट विक्रि हुने वस्तुभाउको मूल्य निर्धारण स्थानीयले आफै गरेका छन् । खिवाङ टोलसुधार समितिले समाजमा रहेको परम्परातगत नियमलाई निरन्तरता दिदै समुदायको उपस्थितमा बसेको बैठकले गाउँमा उत्पादन भएको वस्तुभाउको मूल्य निर्धारण गरेको हो । जिल्लाभित्रका अन्य गाउँमा आफु खुशी मूल्य निर्धारण गरि सामानहरूका विक्रीवितरण हुने गरेकाे छ । भने १५० घरधुरी भएको खिवाङ गाउँका स्थानीयले भने मूल्यमा एकरूपता ल्याउन गरेकाे  याे निर्णय अन्य क्षेत्रको लागि नमुना हुने देखिन्छ ।


प्रत्येक घरबाट अनिवार्य उपस्थितमा टोल सुधार समितिले गाउँमा उत्पादन हुने बस्तुहरुको मूल्य निर्धारण गरेका छन् । सो मूल्य एक बर्षसम्म कायम हुने गरि लागु हुने खिवाङ समाजसेवी जसबहादुर तिलिचाले जानकारी दिए । गाउँको मुख्य बाली आलु, मक,ै गहुँ र सिमी बस्तुहरु उत्पादन हुन्छ । निर्धारण गरिएको परम्परागत तरिकामा विक्रि गरिने बस्तुहरुको टोलसुधार समितिको बैठकले मूल्य निर्धारण गरि कार्यान्वयनका लागि सबै सहमत हुने समाजसेवी तिलिचाले बताए ।

आन्तरिक तथा बाह्य रुपमा बस्तुहरु बेच्दा एउटै मूल्य कायम गरिएको छ । आलु १ सय ४०, कोदो मकै १४०, गहुँ १५०, फापर २ सय ५०, सिमि र लसुन ६ सय, भट्ट ४ सय, घिउँ ७ सय ५०, ढुङ्गाको चट्टालाई ९ हजार, ढुङ्गे सिपालु ७ सय ५०, काठे सिपालु ८ सय ५०, सिमेन्ट मिस्त्रि ८ सय, रक्सी प्रतिवोतल ७० रुपैया मूल्य निर्धारण गरिएको छ । यो २०७६ साल असार १ गते सम्म लागु हुने छ । सो मूल्य बाहेक अनियन्त्रित गरेमा नियमअनुसार कारबाही हुने छ । खिवाङ गाउँ मगर जातिको बाहुल्यता भएको खुचुप्प र चिटिक्क मिलेको बस्ती हो । आलु र सिमिको पकेट क्षेत्र मानिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l