राष्ट्रपती रनिङशिल्डको राष्ट्रिय प्रतियोगितामा कराँतेतर्फ म्याग्दीका गर्वुजाले सहभागीता जनाउने

  • २० जेष्ठ २०७५, आईतवार
  • 2447 पटक पढिएको

म्याग्दी, २० जेठ । राष्ट्रपती रनिङशिल्ड खेलकुदको राष्ट्रिय प्रतियोगितामा कराँतेतर्फ म्याग्दीका एक खेलाडीले सहभागीता जनाउने भएका छन् । पोखरामा सम्पन्न भएको प्रदेश नम्बर ४ को छनौट प्रतियोगितामा सहभागी म्याग्दीका कराँते खेलाडी मार्सल गर्वुजाले स्वर्ण पदक हात पार्दै राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने भएका हुन् ।

बेनी स्थित माउण्ट एभरेष्ट आवासीय माविमा अध्ययनरत गर्वुजा ४२ केजी तौल समुहबाट छनौट भएका हुन् । त्यस्तै प्रदेश नम्बर ४ को प्रतियोगितामा कराँतेमा ५२ केजी तर्फ प्रज्वल शेरचन, ४५ केजीतर्फ अनिमा शर्मा र ५० केजी तौल समुहमा प्रिती रोका ५० तृतिय भएर कास्य पदक हात पारेका कराँते खेल प्रशिक्षक विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।