४ नम्बर प्रदेश स्तरीय तेक्वाण्डोमा म्याग्दीलाई गोल्डमेडल, २ खेलाडी राष्ट्रिय प्रतियोगितामा छनौट

  • २० जेष्ठ २०७५, आईतवार
  • 2229 पटक पढिएको

म्याग्दी, २० जेठ । राष्ट्रपती रनिङशिल्ड खेलकुदको राष्ट्रिय प्रतियोगितामा म्याग्दीका २ तेक्वाण्डो खेलाडीले सहभागीता जनाउने भएका छन् । पोखरामा सम्पन्न भएको प्रदेश नम्बर ४ को छनौट प्रतियोगितामा सहभागी म्याग्दीका तेक्वाण्डो खेलाडी रश्मी श्रेष्ठले गोल्डमेडल हात पारेकी छिन् ।

४६ केजीको इभेन्टमा बिजयी हुँदै गोल्डमेडल हात पारेकी श्रेष्ठ राष्ट्रिय प्रतियोगिताको लागि समेत छनौट भएकी छिन् । उनीसंगै ४५ केजीतर्फ द्धितिय भएका अमृत पाईजा समेत राष्ट्रिय प्रतियोगिताको लागि छनौटमा परेको तेक्वाण्डो प्रशिक्षक राजकुमार परियारले जानकारी दिए । त्यसैगरि ४४ केजीतर्फ ईच्छा राई तृतिय स्थानमा आउन सफल भएकी छिन् ।