दग्नामको चिनारी गितको म्युजिक भिडियो छायांकन (फोटो फिचर)

  • १९ जेष्ठ २०७५, शनिबार
  • 2967 पटक पढिएको

म्याग्दी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको चिनारी गितको म्युजिक भिडियो निर्माण गरिने भएको छ । स्वदेश तथा विदेशमा रहेका दग्नामबासीहरुको सामुहिक प्रयासबाट गाउँभित्र रहेका पर्यटकीय स्थल एवक कला संंस्कृतिलाई म्युजिक भिडियो मार्फत प्रचार प्रसार गर्ने उदेश्यले ‘दग्नाम चिनारी गित’लाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो ।


दग्नाम गाउँमै भर्खरै उक्त गितको छायांकन सकिएको छ । नमुना गर्वुजा र खिम गर्वुजाको शब्द सिर्जना र आँशु लामाको संगीतमा चर्चित गायक गगन पुन र गायीका गिता पाईजाको स्वर रहेको उक्त गितको म्युजिक भिडियोमा विवेक थपाको निर्देशन रहेको छ । सो गितको शब्द सिर्जनामा बिल पुर्जा पुन मगरले बिशेष सल्सलाहकारकाे रूपमा रहेर सहयोग गर्नुभएको जनाइएको छ । करन चैसिरले छायांकन गर्नुभएको उक्त म्युजिक भिडियोमा स्थानीय आमा समुह र युवा क्लबका कलाकारहरुले अभिनय एवम नृत्य गरेका छन् ।


दग्नाम चिनारी गितका अभियन्ता हाल युकेमा रहनुभएका कुमार गर्वुजाले गितको शब्द संकलन देखि शब्द छनौटमा सहयोग गर्ने, स्वर दिने, संगीत भर्ने, र म्युजिक भिडियो छायांकनमा खटिने र सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै सो म्युजिक भिडियोले दग्नामलाई विश्वभर चिनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले गाउँको पर्यटन विकास र कला संस्कृति संरक्षणको लागि उक्त म्युजिक भिडियोले सहयोग पुग्ने बताउँदै अभियानको क्रममा आर्थिक सहयोग गर्ने सम्पूर्ण महानुभाव सहित दग्नामनिवासी नेपाली काँग्रेस जिल्ला सभापती खमवीर गर्वुजा, वडा अध्यक्ष एक बहादुर गर्वुजा, दग्नाम समाज युकेका अध्यक्ष टिका गर्वुजा लगायत सम्पूर्ण अग्रज व्यक्तिहरुबाट उल्लेखनीय सल्लाह सुझाब र सहयोगको लागि आभार प्रकट गर्नुभएको छ ।