म्याग्दी प्रवासी उत्थान साझा मञ्च गठन

  • १९ जेष्ठ २०७५, शनिबार
  • 3898 पटक पढिएको

म्याग्दी, १९ जेठ । स्वदेश तथा विदेशमा रहेका दलीत समुदायका व्यक्तिहरुलाई गोलबद्ध गर्ने उदेश्यले म्याग्दी प्रवासी उत्थान सझा मञ्च, नेपालको अन्र्तराष्ट्रिय तदर्थ समिति गठन भएको छ । प्रेम रसाइलीको संयोजकमा २५ सदस्यीय समितिको चयन गरिएको हो । हाल सम्म १३ देशलाइ समेतेर समिती निर्माण भएको जनाईएको छ । उक्त मञ्चले दलीत हकहित र अधिकारको क्षेत्रमा काम गर्ने जनाईएको छ ।


समितिको सचिबमा अमित विश्वकर्मा, कोषाध्यक्षमा पूर्ण विश्वकर्मा (ओमन) रहनुभएको छ । त्यसैगरि सदस्यहरुमा महेन्द्र बोहोरा ( कतार ),आकाश रसाइली कतार),झक ब. बिश्वकर्मा (साउदी ),विकाश बिश्वकर्मा(दुबई ) बुद्धि किसान(बहराइन), चन्द्र बिश्वकर्मा(कुवेत),रुपेश सुनार (मलेसिया ),गोबिन बिश्वकर्मा (अमेरिका),राम ब.किसान –जापान),सुसन परियार(पोल्यान्ड),किसन सेन्चुरि(कोरिया),योगेन्द्र बिस्वकर्मा (बेल्जियम),,धन ब.बिश्वकर्मा,मन कुमारी बि.क, सुवास बिस्वकर्मा, याम ब.बिस्वकर्मा।,ख बहादुर किसान,डिलु बितालु, पदम विश्वकर्मा लगायत रहनुभएको छ ।